शक्ति, साधना र ज्योतिष

नवरात्री साधनाको नवौ दिनसम्म यस विधीद्वारा साधना सम्पन्न गर्न सकेको खण्डमा, जीवन अद्वितिय बन्छ र अविष्ट फलको प्राप्ति हुन्छ ।
यो देवी सर्वभुतेषु मातृ रुपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवाधात्री स्वाहा स्वधा नमोस्तुते । सर्वमंगल मंगंलय शिवे सर्वाथ साधिके शरण्य त्रायम्ब्के गौरी नारायणी नमोस्तुते ।
अर्थात सृष्टि चराचर जगतको अधिपति माता जगदमबा सृष्टि भनौ वा प्रकृति भन्नु नै महादेवी माया हो शक्तिविना शिव पनि पुर्ण मानिदैन जीवनलाई ऐश्वर्यवान शक्तिमय सुख प्रदायक बनाउँन शक्ति साधना अपरिहार्य छ ।
हामी देवी देवताको स्मरण गरौ भने पनि शक्तिको उच्चारण गर्नुपर्छ । गौरीशंकर, लक्ष्मीनारायण, राधाकृष्ण, सिताराम नामले पनि यो स्पष्ट पार्छ । शक्तिविना शिव, राम, कृष्ण, नारायण पनि पूर्ण छैनन । यस्तो देवीको हामी साधारण मनुष्यले पनि यदी साधना गरी साधना सक्यौ भने हामीले ग्रह, मंत्र, तंत्र, यंत्रलाई आफ्नो नियंत्रणमा राखी आफ्नो अधिन बनाई जीवनमा आफ्नो प्रत्येक विपरित परिस्थितिलाई आफ्नो अनुकुल ढाल्न सक्छौ ।
जीवनलाई ज्ञानवान ऐश्वर्यवान, धनवान, शक्तिमान जीवनलाई हरेक दृष्टिबाट परिपुर्ण बनाउँन सक्छौ । शक्ति जगदम्बा, दुर्गा भवानी सरस्वती लक्ष्मी दश महाविधा देवीको कणभरी मात्र कृपा प्राप्त गर्न सक्दा यो ब्रहमाण्डमा असंम्भव भन्ने नै रहदैन । हामी स्वयम शक्तिमय बन्छौ ।
चाहे त्यो शनिको बांधा होस वा राहु केतु वा अन्य कुनै ग्रह नक्षत्र तंत्र बाधा पितृदोष वा कालसर्प दोष वा संकट योग होस वा केमद्रुम योग होस यि ज्योतिषशास्त्रमा बताइएका डरलाग्दा बांधा हुन यदी शक्ति साधनापूर्ण बिधी विधानले पवित्र रही ब्रहमचर्य पालन गरी गर्न सकेको खण्डमा हामी यो सबै दोषलाई पुर्ण नष्ट गरी स्वयमलाई शक्तिको स्वरुपमा स्थापित गर्न सक्छौ ।
यो कर्म यो क्रिया यो साधना गर्ने र सिद्धी प्राप्त गर्ने बर्षको श्रेष्ठतम पर्व हो नवरात्री घट स्थापनादेखी नवमीसम्म देवीको पुर्व विधानद्वारा देवीको मुर्ति चित्र यंत्र स्थापना गरी संकल्प गरी मात्रद्वारा सिद्धी गर्न सकिन्छ । तर, साधना अवधीभरी पवित्रता अपरिहार्य रहन्छ ।
भोजनको शुद्धिकरण अति आवश्यक मानिन्छ । तामसी भोजन त्याग गर्नु पर्दछ । । माछा, मासु, अण्डा, मदिरा सेवनलाई पुर्ण बर्जित गर्नु पर्दछ । बल प्राप्त गर्न देवी पार्वती ज्ञान प्राप्तीको लागी महादेवी शारदा सरस्वती, ऐश्वर्य प्राप्तिको लागी महालक्ष्मी नवरात्रीको अवसरमा त्रिशक्ति साधनाद्वारा जीवनको दुःख कष्ट दरिद्रता दिनहिन समस्यालाई सदाको लागी समाप्त गर्ने । उत्सवलाई नै नवरात्री भनिन्छ । हामी सबैले गर्न सक्ने सहज र सरल बिधी यस प्रकार गर्न सकिन्छ ।
दुर्गा भवानीको सुन्दर चित्र मुर्ति विग्रह वा यन्त्र स्थापित गरी साधकले प्रात काल स्नान गरी शुद्धा पवित्र भई पुर्व वा उत्तर दिशातर्फ मुख गरी आशनमा बस्ने । सामुन्ने कुनै थाली चौकीमा रातो वस्त्र विछ्याएर माथी उल्लेखित दुर्गा चित्र विग्रह यन्त्र मध्ये जे छ, त्यसलाई स्थापित गर्ने । तत्पशचात दाइने हातमा जल लिएर स्वयम आचमन गर्ने ।
ॐ एं आत्मतत्वं शोधयामी नमः
ॐ ह्रीं विधातत्वं शोधयामी नमः
ओन क्लीं सर्वतत्वं शोधयामी नमः
तत्पश्चात हात सुद्धीकरण गर्ने ।
आशन शुद्धी
आशनमा जल छर्किने
ॐ पृथ्वी त्वया घृता लोका देवी त्वं विष्णुना घृता ।
त्वं च धारय मां देवी पवित्रं कुरु चासनं । ।
संकल्प
दाहिने हातमा जल लिने
ॐ विष्णु विष्णु विष्णुः श्रीमदभागवतो विष्णोराज्ञया प्रवर्तमानस्य अस्य ब्रहाणो दितिय परादें स्वेत वाराह कल्पे जम्बुदिपे भरतखंडे आर्यावर्ते देशान्त्ग्रते पुण्य क्षेत्रे कालीयुगे, कली प्रथम चरणो अमुक गोत्रोत्प्न्नोह्ं (आफ्नो गोत्र भन्ने) अमुक शर्माहं (आफ्नो नाम भन्ने) सकल दारी दरिद्रय निवृत्तिमम मनोकामना पुर्ति निमीत्त्ं भगवती दुर्गा सिद्धी प्राप्ती निमित्त्ं च पुजन्ंकारीष्ए । ।
जल छोड्ने
गणपति पुजन
ॐ गं गणपतिम आवाहवामी स्थाप्यामी पुजयामी नमः ।
पुष्पासन्ं सम्पर्यामी । स्नानं सम्पर्यामी । तिलक्ं अक्षतान च समर्पयामी । धुप्ं दिप्ं नैवेध्ं निवेदयामी नमः । ।
गुरु पुजन
ॐ गं गण्पतिम आवाहयामी स्थापयामी पुजयामी नमः ।
पुष्पासनं समर्पयामी । स्नानं समर्पयामी तिलकं अक्षतान च समर्पयामी । धुपं दिपं निवेद्यामी नमः । ।
तत्पश्चात पंचोपचारले वा षोड्शोपचारले भगवानको पुजा प्राथना गर्ने
गुरु ब्रहमा गुरुविष्णुः गुरुदेवो महेश्वरः
गुरुः साक्षात परब्रहा तस्मै श्री गुरुवे नमः । ।
कलश स्थापन
आफ्नो बायातर्फ भुमीमा अबिरले स्वस्तिक बनाएर कलश स्थापन गर्ने । त्यसमा जल भरी कलशको चारैतर्फ अबिरले टिका लगाउँने । कलशमा सुपारी, अक्षता, दुबो र फुल तथा गंगाजल हाल्ने । माथी नारीवल राख्ने र निम्न मंत्र उच्चारण गर्ने ।
ॐ श्रीशचते लक्ष्मीस्च पत्न्यां महो रात्रे पाश्वे नक्षत्राणी रुपमशविनौ ब्यातम । इष्णातृषाण मुम्मइषाण सर्वलोकम्मइषाण । ।
तत्पश्चात अबिरले रंगेको चामललाई दाहिने हातले लिएर मंत्र पड्दै कलशमा चडाउँने ।
ॐ महाकाल्यै नमः । ॐ महालक्ष्म्यै नमः । ॐ महासरस्वत्यै नमः । ॐ नन्दजायायै नमः। ॐ धुमायै नमः । ॐ शाक्न्भर्यै नमः । ॐ भाम्यैं नमः । ॐ दुर्गायै नमः । ।
ध्यान
दुवै हात जोडी
श्री जगदमबायै ध्यानं समर्पयामी नमः । ।
आवाहन
भगवतीको आव्हान गर्ने ।
ॐ जगदमबायै आवाहन्ं समर्पयामी नमः । ।
स्वागतम
दुवै हातमा पुष्प लिएर स्वागत गर्ने ।
ॐ जगदमबायै स्वागत्ं समर्पयामी नमः । ।
पाध
जलमा दुध मिसाएर दुबोले चढाउँने ।
ॐ जगदमबायै पाधम समर्पयामि ।
आचमन
ल्वाङ तथा जायफल जलमा हालेर चढाउँने ।
ॐ जगदमबायै आचमनं समर्पयामी नमः । ।
अघ्र्य
दुबो, तिल, चामल एवं अबिर जलमा हालेर चढाउँने
ॐ जगदमबायै अधर्य समर्पयामी नमः । ।
मधुपर्क
दुधमा दही घ्यु एवं मह हाली चढाउँने
ॐ जगदमबायै मधुपर्क समर्पयामी नमः । ।
स्नान्
स्नानका लागी जल चढाउँने
परमानन्द बोधाबधी निमगन निजमुर्तए ।
सांगोपंग मिदं स्नानं कल्पयाम्यहमिश ते । ।
वस्त्र
वस्त्र वा वस्त्र छैन भने मौली चढाउँने
ॐ जगदमबायै वस्त्रोपवस्तर््ं समर्पयामी नमः ।
गन्धं अक्षतान समर्पयामी नमः । ।
पुष्प, धुप, दिप
ॐ जगदमबायै पुष्प्ां धुपं दिपं दर्शयामी नमः । ।
नैवेध, दक्षिणा
ॐ जगदमबायै नैवेधं निवेदयामी नमः ।
दक्षिणां द्रब्यं समर्पयामी नमः । ।
मंत्र
निमन मंत्रको ५ माला मंत्र जप गर्ने ।
ॐ दुं दुर्गे दुर्ग्तिनाशाय दुं ॐ फट । ।
दुर्गा शक्तिको यो साधना नौ दिनसम्म सम्पन्न गर्नु पर्ने हुन्छ । र, साथै “एं ह्लिं क्लिं चामुण्डायै विच्चे“ मंत्रको पनि १ माला नियमित जप गर्ने । दुर्गा सप्तशतिको पाठ पनि सम्पन्न गर्ने । प्रत्येक दिन साधना सम्पन्न गरिसके पश्चात देवीको आरति गर्ने । र, अन्तमा हाथमा पुष्पको गुच्छा लिएर देवीको चरणमा साधना सर्मपण गर्ने ।
सर्मपण मंत्र
गुहातिगुहागोप्त्त त्वं गृहाण्स्मत कृत्ां जपम ।
सिद्धिर्भवतु मे देवी त्वतप्रसादान महेशवरी । ।
भन्दै पुष्प चढाइदिने ।
नवरात्री साधनाको नवौ दिनसम्म यस विधिद्वारा साधना सम्पन्न गर्न सकेको खण्डमा, जीवन अद्वितीय बन्छ र अविष्ट फलको प्राप्ति हुन्छ ।
दशौ दिनको दिन कलस को जल घरमा छर्ने र सम्पुर्ण परिवारजनले सोही जल ग्रहण गर्ने, नरिवल प्रसादका स्वरुप ग्रहण गर्ने र शेष जल शुभ बृक्ष्य मा लगी विसर्जित गर्ने । माथि उल्लेखित विधी पुर्ण श्रद्धाभावले गर्दा जिवनमा माता को कृपाले अद्धितिय बन्छ । यस बर्षको महान विजया दशमीको पर्वले याहाँहरुको जीवनमा शक्ती, ऐश्वर्य, ज्ञान द्वारा परिपुर्ण रहोस यही नै मेरो शुभकामना छ । जय नव दुर्गा भवानी । । ।
upadhyaydeepak32@yahoo.com
977-9849428414