चिसापानीको सेरोफेरो

समुन्द्र सतहबाट करिब २१४० मिटरको उचाईमा रहेकोे, काठमाण्डौ उपत्यकाबाट नजिकै अवस्थित, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको संगमस्थल, एक अति नै रमणीय स्थल चिसापानी ।

 

 

राजीव भण्डारी

 

सुन्दरीजलमा बिहान आठ बजे नास्ता खाएर जब पाइला चाल्न थाल्यौं त्यसपछि शुरु भयो मंसिरको जाडोमा पनि पसिना आउने उकालोको यात्रा । सुन्दरीजल पोखरीको पारीपट्टि शिवपुरी राष्ट्रिय निकुञ्जको टिकट लिएपछि हाम्रो यात्राले आप्mनो गन्तव्य पछ्याउँन थाल्यो । टिकट नकाट्नेहरुलाई त्यतैबाट घर फिर्तिको बाटो देखाइन्छ ।

 

 

बारीभरी कोदोका बोट र रैथाने खाजा घरमा त्यहि कोदोको होममेड झोलको दर्शन गर्न पाइन्थ्यो । स्वदेशी तथा विदेशी पैदलयात्रीहरु आ–आफ्नै धुनमा मस्त थिए । कोही साईकलमा हुर्रिंदै हुइकिरहेका थिए, कोही स्थानीय खाजाघरमा गिटारको धुनमा बेफिक्री रमाईरहेका थिए । प्रेमि प्रेमिकाहरु अग्लो डिलमा ढाड फर्काएर गफको आनन्द लिईरहेका देखिन्थे । अनि कोहि भने आ–आप्mना साथीभाईसँग फोटो खिच्नमै मस्त थिए ।

 

 

बढी उकालो र कम तेर्सो बाटोको सम्मिश्रणले एकछिन थकाई एकछिन मनोरञ्जन गर्दै हामी अगाडी बढिरहेका थियौं । भोकले पेटमा ढ््याङग्रो ठोक्न शुरु गर्न लागेको आभास सबैलाई भएछ । तर, बस्ने उपयुक्त स्थान फेला पार्न सकिएको थिएन । बल्ल अलिअलि सम्म जस्तो लाग्ने चौर भेटियो । अलि पर एउटा खण्डहर जस्तो घर पनि थियो । थाहा भएअनुसार माओबादी द्वन्दकालमा सुरक्षाफौजको बासस्थान रहेछ । कति मारिए होलान्, कति घाइते भए होलान्् यो ठाउँमा कुनैबेला ।

 

 

तर, आज एउटा पनि सुरक्षाकर्मी नहुनु पनि दुख लाग्दो लाग्यो । ’cause यत्रो स्वदेशी तथा विदेशी पैदलयात्रु हिंड्ने ठाउँमा राज्यको तर्फबाट खै त सुरक्षाकर्मी ? खैर हामीले त्यहि भोजनको व्यवस्था गर्ने बिचार ग¥यौं । ठिमीको ठेट नेवारसाथीले ल्याएको साकाहारी भोजनले हामीले आङ्खनो भोक मा¥यौं । मलाई त यो स्थानमा कतै भोजनगृह छैन भत्रे पनि थाहै थिएन ।

 

 

धन्यवाद ती साथीलाइर्, अझ साथीलाई भन्दापनि उहाँकी अर्धाङ्गिनी अर्थात हाम्रो भाउजुलाई दिनुपर्छ, जसले यति मेहनत गरेर आङ्खनो युरिक एसिडले ग्रसित श्रीमानलाई पैदल यात्राको लागि यत्रो सहयोग गरि चारचार जनाको लागि भोजन तयार पारेर पठाईदिनु भयो । जोरपाटीबाट बिहानै किनेर ल्याएको सुन्तला र पानीले बाटोभरी साथ दिईरहेको थियो ।

 

 

धुम्रपान पारखी साथीहरुले बेलाबेलामा त्यस्तो स्वाँस्वाँ गर्ने उकालोमा पनि फुवाँ फुवाँ पार्दै धुवाँ छोडेको देख्दा चाहीँ लाग्थ्यो यो लत भत्रे चिजले पनि जाँगर निकाल्न धेरै मद्दत गर्दो रहेछ । मनोरञ्जन लिने भनेको पनि यहि हो । एकछिन सारा बन्धनलाई फुकालेर निस्फिक्री आप्mनो जिंदगी जीउनु । यत्ति चाहीँ हेक्का राख्नु पर्छ कि आफूले त्यसको उपयोग गर्दा अरु कसैलाई हानी नपुगोस ।

 

 

साथीहरुबीचमा चलेको जोक र गलल्ल हाँसो, आपसमा उन्मत्त गीत अलापिरहेको, विदेशीहरु ट्रेकिङक स्टिक समातेर हिंडेको, प्रेमिप्रेमिका ठुसुक्क परेर लखरलखर हिंडेको देखि विद्यालयका स–साना भाइबहिनीहरुको लामबद्ध हिंडाईले हामीलाई पनि बाटो काट्न रुखका हाँगाका लाठीको टेकोले टेक्दै रमाईलै गरिरहेको थियो ।

 

 

यसरी अब आइपुग्यो, अब त साँच्चिकै आइपुग्यो, ऊ त्यहीँ हो भन्दा भन्दै परको डाँडामा रङ्गिचङ्गि घरहरु देखिन थाले । त्यहाँसम्म पुग्दा झमक्कै साँझ प¥यो । झण्डै साँझको छ र सातको वीचमा हामी त्यहाँ पुग्यौं । यहि नै थियो नेपालको एउटा अतिनै रमणीय स्थल, काठमाण्डौ उपत्यकाबाट नजिकै अवस्थित, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको संगमस्थल, २१४० मिटरको उचाईमा रहेको चिसापानी ।

 

 

जाँदा जाँदै हामी त अरुभन्दा ढिलो पो पुगेछौं । बिहानै सुन्दरीजलमा नास्ता गर्दा साहुजीले भन्दै थिए । आज मानिस बेस्सरी उक्लेका छन् होटल पाउन मुश्किल पर्छ । नभन्दै त्यस्तै भयो, धेरै वटा होटल हेरेपछि बल्ल एउटा नयाँ होटलमा कोठा पाइयो ।

 

 

कोठा पनि यस्तो कि हामीले नै उद््घाटन गर्न पुगेछौं । सिरक डस्नाबाट पनि नयाँपनको बासना आइरहेको थियो । सिरकको खोल त यस्तो कि नयाँ भएर होला कपडा जस्तो भन्दा पनि काठको जस्तो, दरो र सिदा । बेलुका घुमिफिरी झोलपानीले रमरम गरेपछि कोठामा आइयो अनि शुरु भयो नेपालीहरुको राष्ट्रिय खेल, चार भाइले यो खेलमा करिब दुई बजायौं होला ।

 

 

जाने आउने हिसाव किताव बराबर भएपछि सबै सुत्नतिर लाग्यौं । बिहानको सिरेटोमा एक चक्कर लगाएपछि होटलमा नास्ता गरिवरी हामी आङ्खनो फिर्ति सवारीतर्फ लाग्यौं । जाँदा शुन्दरीजलबाट उक्लेको हुनाले फर्किंदा हामीले साँखु निस्कने बिचार ग¥यौं । त्यसको लागि फरक बाटो चयन गर्दै प्राकृतिक छँटाको मनोरम दृश्य नियाल्दै घरी सम्म घरी ओरालो त कतै उकालो छिचोल्दै अगाडी बढ्दै थियौं । विशेष गरी सल्ला र उन्यु प्रशस्त पाइने रहेछ, त्यस क्षेत्रमा ।

 

 

यो बाटोमा ससाना ताल पनि भेटिने रहेछन् । यो रुटमा पनि खानपिनको बन्दोबस्त भएको भोजनालय कतै भेटिएन । हुनत जङ्गल, त्यसमा पनि निकुञ्ज क्षेत्रमा त्यसको अपेक्षा गर्नु पनि बेकार नै थियो । बल्ल जहरसिंहपौवाको छेउछाउ आएपछि एउटा अतिनै भिरालो ओरालो आइपुग्यो । त्यहाँबाट खुर्मुरिएर ओर्लिएपछि भने गाउँघर आउन थाल्यो । तिनै गाउँका आ–आङ्खनैस्तरका होटल देखापर्न थाले । तर, खानाको समय सकिसकेको हुनाले खाना पाउँन सकिएन ।

 

 

बरु मकैको बाक्लो झोल चाहीँ जताततै भेटिने रहेछ । यो माडले आड दिन्छ भत्रे मिथकलाई सिरोधार्य गर्नै प¥यो । अलि तल आएपछि चाहीँ एकान्तमा कटेज टाइपका होटल तथा रेष्टुरेण्टहरु देख्न थालियो, जहाँ स्वदेशी र विदेशी अतिथीहरु आनन्द लिईरहेका थिए । कति विदेशी जोडी त जहाँ रात पर्छ त्यहीँ बस्ने हिसावले कुनै हतारो नै नगरी सुस्ताइरहेका थिए ।

 

 

हामी भने जहरसिंहपौवाको गन्तव्यमा फटाफट फट्फटाइरहेका थियौं । गोरेटो बाटो, कच्ची गाडी चल्ने हिले बाटो हुँदै पिच बाटो भेटायौं । तर, सार्वजनिक सवारी साधन शुन्य थियो । मोटरसाईकिल, कार जीप र मालवाहक निलो ट्रक मात्रै भेटिने रहेछ । बल्ल तल्ल करिव पाँच बजेतिर जहरसिंहपौवा पुग्यौं ।

 

 

त्यहाँ पुगेर एक एक गिलास तातो चिया पिएर साँखु जाने गाडी’bout सोध्दा थाहा भयो, अरु बेला भए बेलुकासम्म चल्थ्यो रे आज शनिबार भएर अघि नै बन्द भइसक्यो रे । परेन फसाद, अब धेरै बेर नकुरौं भनेर हामी पिच रोडै रोड लाग्यौं साँखुसम्मको गन्तव्यतिर । झण्डै डेढ घण्टाको लखर लखर हिंडाईपछि करिव सात बजेतिर बल्ल साँखु बसपार्क आइपुग्यौं ।

 

 

त्यहाँ पनि झण्डै बस नपाएको बल्ल एउटा माइक्रो भेटियो । जोरपाटीसम्म मात्रै जाने भन्दै थियो तै चावहिलसम्म जाने भयो । गुन्द्रुक कोच्या जसरी मान्छे कोेचेपछि माइक्रो छुट्यो । धत्र हामीले सिट पाएका थियौं । चावहिल चोकमा पुगेर आआङ्खनो गन्तव्यको गाडीहरु समातेर हामी छुट्टियौं । घर आइपुग्दा आठ बजिसकेको थियो ।

 

 

नेपालमा भएको दुईदिने विमिस्टेक सम्मेलन पनि समापन भएको थियो । हामीले त्यस सम्मेलनको समयमा सरकारले दिएको दुईदिने छुट्टिको सदुपयोग गरेका थियौं, विमिस्टेक पर्व मनाएर ।