मानव जीवनमा रङ्ग एक डाक्टर

रङ्ग वा ग्रहले मानव जीवनलाई एकदमै प्रभावित गर्दछ । त्यसैले मानव जीवनमा सफलता वा असफलता भोग्नु भनेको रङ्गको प्रभावले गर्दा नै हो । अतः आफ्नो जीवनलाई अनुकुल हुने रङ्ग धारण गर्ने र प्रतिकुल रङ्गको निवारण गरेर लाभ उठाउन सकिन्छ ।
हाम्रो जीवनमा यदी रङ्ग छैन भने यो एकदमै निरस हुन्छ । विभिन्न रङ्ग नै त हो जसलाई हामीले प्रकृतिको काखमा देखेर पुलकित हुन्छौ र आनन्द महसुस गर्छौ । कुनै रङ्ग यस्तो पनि हुन्छ, जसले हामीलाई शान्ति प्रदान गर्दछ । आँखालाई शितलता प्रदान गर्छ भने कुनै रङ्गले हाम्रो शरिरमा गर्मी पैदा गर्छ । रङ्गको प्रकार र त्यसका प्रभावले मानव मास्तिश्क र शरिरलाई सदा प्रभावित गर्छ ।
विभिन्न रङ्गको प्रभाव ग्रहण गरी लाभ लिन सक्छौ । रङ्गले मनुष्यको स्वास्थ्यमा प्रभाव पार्छ भन्ने विषयलाई विज्ञानले पनि प्रमाणित गरी सकेको छ । हाम्रो सुदुर अतितका पुर्वजलाई पनि यसको आभास भएको थियो भन्ने पनि द्धि भै सकेको छ ।
रङ्गमा भएका रसायनिक पदार्थ मानव शरिरमा पनि हुन्छन् । यदी सूर्यलाई दश दिनसम्म बादलले ढाक्यो भने मनुष्यको शरिरमा आलश्यता, अनुहार निस्तेज, र मनमा विरक्ति उत्पन्न हुन्छ ।
यसै पनि संसारको सबै धर्मले सूर्यलाई जीवनदाता मानेको छ । सूर्य बिना जीवनको कल्पना पनि गर्न सकिदैन । सूर्य किरणले हाम्रो स्वास्थ्यसंग सिधा सम्बन्ध राख्छ । सूर्यको श्वेत किरण हाम्रो लागी अत्यन्तै लाभदायी हुन्छ । सूर्यको किरणले क्षयरोग, दाँतको किटाणु, र पायरिया लाग्ने किटाणुलाई नष्ट गर्छ । पायरिया भएको ब्यक्तिले मुख खोली सूर्यको प्रकाश दाँतमा पार्दा मात्र पनि यो रोगबाट मुक्ति प्राप्त गर्न सकिन्छ ।
आकाशमा प्रत्येक ग्रहको आफ्नो रङ्ग छ । रङ्ग बिधान मनोविज्ञानसंग जोडिएको छ । त्यतिकै प्रबल सम्बन्ध ज्योतिषशास्त्र, रत्नशास्त्र, हस्तरेखाशास्त्र, र चिकित्सा बिज्ञानसंग पनि रहेको छ ।
बैज्ञानिकले आफ्नो प्रयोगद्वारा के सिद्धान्तलाई प्रतिपादित गरेका छन भने हाम्रो शरिर भित्र पनि एक सौरमण्डल रहेको हुन्छ । जसमा सातै रङ्गको समबन्ध छ । मौलिक रङ्ग तीन प्रकारका हुन्छन । ति रातो, निलो, पहेलो हुन । यी तीनको न्युनाधिक सम्मिश्रणले रङ्गको संख्या सात बन्दछ ।
यो तीन रङ्गमा अर्को चार रङ्ग बैजनी, आकाशी, हरियो, सुन्तला (नारङ्गी ) पनि जोडिन्छ । यि सबैको आफ्नो अलग अलग प्रभाव हुन्छ । जुन बेला गर्मीको अधिकता अनुभव हुन्छ त्यो वृला क्रोध र उत्तेजना हुन्छ । त्यस बेला निलो रङ्गको ध्यान गर्नु लाभकारी हुन्छ । निलो रङ्गको ध्यानले शितलता र शान्ति प्रदान गर्छ ।
जसको नाकबाट रगत आउँने घाउ खटिरा देखा परिरहन्छ त्यस्ता ब्यक्तिले निलो आकाशी सुमुन्द्रको जल आफ्नो लगाउँने बस्त्र घरको पर्दा राख्दा लाभ हुन्छ । रातो रङ्ग उग्रता प्रधान हुन्छ ।
जो ब्यक्तिलाई रुघाखोकी, पिठ््युको दुखाई गाडीया जिबु जक्डन जस्ता समस्या छ भने त्यस्ता ब्यक्तिले रातो रङ्गको ध्यान गर्दा लाभ हुल्छ । हताश स्नायु दुर्बलतामा रातो रङ्गको ध्यान ले उत्तेजना बढाउँछ । साहस उमंग प्रदान गर्छ । आलस्यता प्रबृतिलाई सकृयतामा परिणत गर्छ । रक्ताल्पतामा यसले सुधार गर्छ ।
अपचको समस्या भएकालाई पहेलो रङ्ग उप्युक्त हुन्छ । मनको चञ्चल्ता, उद्धिग्नता, तनाव, र आवेशलाई पहेलो रङ्गको ध्यानद्वारा कम गर्न सकिन्छ । यो प्रभात कालको उदीत सूर्यको रङ्ग हो । यसले उत्साह बृद्धि गर्छ । सात्विक्ता बृद्धि गर्छ ।
यि तीन रङ्गको विवंचन हो । सामान्यता श्वेत रङ्गको सम्पर्कलाई उचित मानिन्छ ।
सुन्तला रङ्गः सुन्तला रङ्गको प्रतिनिधित्व बृहस्पतिले गर्छ । यो रङ्गको बिशेषता धार्मिकता, अध्यात्मिकता दार्शनिक भागवद मार्ग चिन्तक साधक तपस्वि हुनु हो । यो रङ्ग एवं यो रङ्गको ग्रहमा जब असन्तुलनता हुन्छ, तव पेट सम्बन्धी विभिन्न रङ्ग ग्या,स अपच, रक्त शिरा सम्बधी बिकृति, प्रजनन रोग, अल्सर एवम निंद्रा नलाग्नु आदी रोगले घेर्छ । बृहस्पति एवं सुन्तला रङ्गको दोषबाट बाँच्नका लागी हामीले पुष्पराज रत्न धारण गर्नुपर्छ ।
सेतो रङ्गः सेतो रङ्गको प्रतिनिधित्व बृहस्पति एवं चन्द्रमाले गर्छन । यस रङ्गको बिशेषता जीवनप्रति आशाबादी, शान्त स्वभाव, दार्शकिता, तर्क वितर्क गर्नु, बौदिकता, कल्पनाशिलता र सिर्जनाहरु तयार गर्नु हो ।
यो रङ्ग वा यो रङ्ग ग्रहमा जब असन्तुलन आउछ, मुत्र रोग, उदर विकार, ग्यास, अपच, पेट फुल्नु, कब्ज, हृदय रोग सन्निबात, जोर्नीको दुखाई, ज्वोरो आदी रोग हुन्छ । यस रङ्ग वा ग्रहको दोषबाट मुक्तिका लागी मुक्ता, मोती, चन्द्रकान्त मणी रत्न धारण गर्नुपर्छ ।
रातो रङ्गः रातो रङ्गको प्रतिनिधित्व मंगल ग्रहले गर्छ । यस रङ्गको विशेषता आवेश, उत्तेजना, स्फुर्ति, आक्रोश, ओज, भोग, लालसा, बासना, शौर्य तथा हिंसात्मक प्रकृति हुन्छ । यदी यो रङ्ग वा ग्रह असन्तुलित भएमा ज्वरो, घाटीमा खस खस, सर्दी, कब्ज, पेट गडबड, टाउको दुखन,े बवासिर, नपुंसक, मलेरिया, सुखारोग र दम रोग लाग्छ ।
मंगल ग्रह वा रातो रङ्गलाई अनुकुल गर्न मुंगा धारण गर्दा गर्नु पर्छ ।
हरियोः हरियो रङ्गको गुण हास्यप्रियता, चञ्चलता, सकृयता, कर्मशिलता, आत्मविश्वासको साथ संधर्ष गर्नु हो । साथै सजग रहनु विशेष गुण हुन्छ । यदी हरियो रङ्ग असन्तुलित भएमा नाडी संस्थान सम्बन्धी रोग, आन्द्राको रोग, कलेजो विकार, बाणी, जिब्रो, आमाशय सम्बन्धी रोग लाग्न सक्छ । बुध ग्रह वा हरियो रङ्गको दोषबाट मुक्तिको लागी पन्ना रत्न धारण गर्नु पर्ने हुन्छ।
बैजनीः यस रङ्गको प्रतिनिधित्व बुध र शनि ग्रहले गर्छन । यो रङ्गको विशेषता बुद्धी, विवेक, मधुरभाषी, वाक पटु, धन अजिति गर्ने, तेजस्वी, उधमी, परिश्रमी आदी हुन ।
यो रङ्ग असन्तुलित भएमा गंजापन, जण्डिस, दाँत रोग , बहिरोपन, बान्ता आउँनु, मिर्गी, हिस्टिेरिया, नपुंसक। लकवा , क्षयरोग, दम, र स्वास रोग लाग्छ । यी विकार शमन गर्ने निलम धारण गर्ने उपाय अपनाउँनु पर्छ ।
पहेलोः पहेलो रङ्गको प्रतिनिधित्व गुरु ग्रह बृहस्पतिले गर्छ । यस रङ्गको विशेषण प्रफुल्ल हुनु, अल्हडपना, लापरवाही आलस्यता आदी हुन । यदी यो रङ्ग असन्तुलित भएमा चोट लाग्नु, धाउ, रक्तस्राव, सन्निपात, रक्तचाप, हृदयरोग, अजिर्ण र अतिसार रोगले घेर्छ । यस रङ्ग ग्रहको दोष निवारणको लागि पुस्पराज धारण गर्ने ।
निलोः निलो रङ्गको प्रतिनिधित्व शुक्र ग्रहले गर्छ । यसको विशेषता कला संगित, फैशन, काम कला आकर्षण आदी हुन्छ । यो ग्रह असन्तुलित भएमा मधुमेह, मन्दाग्नी, गर्भ सम्बन्धी विकार, बिर्यनाश प्रदर, नपुंशकता, शिथिलता, कमजोरी, शुक्राणु दोष जस्ता रोग लाग्छ । यस समस्याको समाधान निवारण हेतु हिरा लगाउँनु पर्छ।
कथ्था रङ्गः यो रङ्गको प्रतिनिधित्व शुक्र ग्रहले गर्छ । यो रङ्गको विशोषता भोगी, कामुक, असंयमित आदी हो । यो रङ्ग वा ग्रह असन्तुलित भएमा यौन विकार, रक्तचाप, मुत्ररोग, नपुंसक, प्रदर, विक्षिपतता आदी रोग लाग्छ । यसको समस्या समाधान गर्न हिरा लगाउँनु पर्छ ।
सुनौलो पहेलोः यस रङ्गको गुण, अवैध तरिकाले धन कमाउँने तथा जुवा, लट्टरी, सट्टावाजी, घोडारेस, शेयर बजार आदीवाट धन आर्जन गर्ने हुन्छ । यदी यो रङ्ग वा ग्रह असन्तुलित भएमा क्यान्सर, लकवा, टिवि, कपाल दुख्ने, उदरविकार, ढाड दुख्ने, वायु दोष, स्नायु, रोग आदी हुन्छ । यसबाट छुटकारा पाउँन गोमेद अर्थात लहसुनिया लगाउँनु पर्छ ।
खैरो रङ्गः यो रङ्गको प्रतिनिधित्व बृहस्पति ग्रहले गर्छ । यस रङ्ग वा ग्रहको गुण तट्स्थता, विचारवान, दुरदर्शिता, उदाशिनता आदी हुन्छ । यदी यो रङ्ग वा ग्रह असन्तुलित भयो भने प्रजनन रोग, चर्बी बोसो बढ्नु, नेत्ररोग दृष्टिहिन, मानसिक रोग हुन्छ । यसको निराकरण गर्ने पुस्पराज लगाउँनु पर्छ ।
खैरो निलो हरियो मिश्रित रङ्गः यस रङ्गको प्रतिनिधी नैप्चुन ग्रह हुन्छ । यसको गुण संधर्षशिल, कल्पनाशिल विकट, अवस्थामा पनि हिम्मत नहार्ने जोशमा होसको कार्य गर्ने, विर्सने वानी, संवेदनशिल, भावुक हुन्छ । यसको असन्तुलन अवस्थामा मौसमी, विरामी, सर्दी, रुघा, पागलपन, यौन विकार, बबासिर, रक्त विकार, आदी रोग हुन्छ । यसबाट बाच्न निलम धारण गर्ने ।
स्वर्ण रङ्गः यस रङ्गको स्वामी सूर्य देव हुन । यस रङ्गको विशेषता भाग्यमानी हुनु । सुख, समृद्धि, ऐश्वर्य, भोग, समाजमा मान सम्मान, प्रसिद्धी, आफ्नो पकड, प्रभुत्व हुनु, आदी । यदी यो रङ्ग वा ग्रह असन्तुलित भएमा मधुमेह रक्तचाप, मस्तिश्क विकार, यौनविकार, हृदय रोग, उदर रोग, जोर्नी दुख्ने, खुट्टाको समस्या, चर्म रोग, अनिद्राको समस्या आदी हुन्छ । सूर्य ग्रह एवं स्वण रङ्ग ग्रहबाट उन्मुक्तिको लागी माणिक्य रत्न धारण गर्नुपर्छ ।
हामीले के बुझनु पर्छ भने रङ्ग वा ग्रहले हाम्रो जीवनलाई एकदमै प्रभावित गर्दछ । त्यसैले जीवनमा सफलता वा असफलता भोग्नु भनेको रङ्गहरुले गर्दा हो । अतः आफ्नो जीवनलाई अनुकुल हुने रङ्ग धारण गर्ने र प्रतिकुल रङ्गको निवारणको उपाय अबलम्वन गरेर लाभ उठाउन सकिन्छ ।
upadhyaydeepak32@yahoo.com
977-9849428414