द्वन्द्वकालका ती आक्रोशित इन्सपेक्टर

अनायास इन्सपेक्टर आक्रोशित मुद्रामा देखा पर्छन र भन्छन “हेर्नुहोस अहिले सबैको मनस्थिति तेही प्रहरी जवानको जस्तै छ । यो राजनीतिक आन्दोलन हो र बारम्बार यस्ता आन्दोलनमा प्रहरीहरुले अनाबस्यक बलिदान दिनु परि रहेछ ।
यो कुरा राजा बीरेन्द्रसहित उनको सम्पूर्ण परिवारको त्रासदीपूर्ण हत्या हुनुभन्दा केहि दिन अगाडिको हुनुपर्छ र सडक निर्माण समुहका सदस्य, सहयोगी सबइन्जिनियर साथी अभिसहित दिउसोभरको बाटोको निरिक्षणले थकित भएको बेलामा एक सानोे चियासहितको किराना पसल भेटिन्छ ।
धेरै दिनदेखि राम्रो चिया खान नपाएर होला हाम्रो नाकले चियाको बासना हरर महसुस गर्छ । र, प्यास र थकान दुवै लागेको बेलामा चिया पनि खान पाइने पसल पाएपछि चिया नखाई त्यो स्थान छाड्न मन लागेन । कोचकाच गरेर बसियो एउटा साघुरो बेञ्चमा ।
यो ठाउँ काभ्रे जिल्लाको महादेवटार भन्ने रहेछ, एक पहाडको खोंचमा । बसाइलाई अलि सहज बनाइदिए दुई भाई उठेर भित्रपट्टि गएर बसे दुवै जना र उनिहरु पहिलेदेखि नै पसलमा पसले साहुसंग गफ गरिरहेका थिए । सबैका लागि चिया आयो केहि बेरमा । हामीले अर्डर गर्न भ्याएकै थिएनौं र सायद समिति सदस्य मध्ये कसैले चिया भनेको हुनुपर्छ । चिया आउँनुभन्दा अगाडि प्यास मेटाउँन पहिले पानी पियौं । त्यस वेलासम्ममा चिया पनि आयो । चिया साँच्चै जिब्रो मै झुन्डिने खालको थियो ।
साँझ पर्न त केहि समय अझै बाँकी नै थियो । किन हो आज शरीर अलि शिथिल छ । २÷३ दिनको बिहानदेखि बेलुकीसम्मको कामको धपेडीले पनि होला यस्तो महसुस भएको ।
आज सडक निरिक्षणको काम त सकियो र यतिबेला हिंडेर भकुन्डेबेंसी पुग्न सकिने अवस्था छैन । आजको रातको एक बास यतै बस्नु पर्ने भयो ।
पसलको माथिल्लो तलामा रात बस्न पनि मिल्छ होला जस्तो देखियो । पसलेवाला साहुलाई एक रात बसाई’bout सोधेको त अघिका दुई भाई निक्लेर जवाब दिन्छन, छ नि हजुर बसाइको राम्रो व्यवस्था छ यहाँ र कति दिन गाउँलेलाई दुःख दिने, आज होटलमा बसौं, अभिको बिचार बुझ्दा उनि पनि तयार देखिए र समितिका सदस्यलाई बुझाउँन केहि समय लाग्यो र भन्दै थिए आज बेलुकाको लागि बिशेष तयारि थियो उनीहरुको र अर्कोपटक आउँदा अबस्य बसौंला भन्दै बिदा लियौं र सदस्यहरु भारी मन लिएर फर्किए र अब आज आनन्दसंग बस्ने र धेरै दिनदेखिको थकाई पनि मेट्ने कुरामा मत्यैकता भयो अभि र मेरो र हाम अलिक पर रहेको धारामा गएर नुहाई धुवाई गर्ने भयौं अनि पसले चाहीँ आउँदासम्म लोकल भालेको सितन तयार गर्ने भए ।
धेरै दिनदेखिको शरिरको मयल फाल्दा र लुगा फेर्दा निकै हल्का महसुस भयो र जिउको थकान र आलस्य त पुरै गायब र स्वच्छ ।
सफा पानी तेतिकै खेर गएकोमा चिन्ता लाग्यो । नुहाउँदा बेलाबेलामा साबुन लगाउँनु अघि धारो बन्द गर्न हात आफै पुग्दो रहेछ, टुटी खोज्न । तर हाम्रो हातलाई के थाहा यो धुलिखेल वा काठमाडौँको धारा हैन भनेर र शान्त ठाउँमा, त्यो निर्मल पानीमा नुहाएर फर्किंदा हामी भदौ असौजका खोलाका बगरका ढुंगा जस्ता सफा र चम्किला भयौं ।
सिधै सुत्ने कोठातर्फ लागियो र भित्रि र बाहिरी गरेर दुइ कोठामा सुत्ने व्यवस्था मिलाइएको रहेछ । हामीहरुले बोलाउँनु अघि नै साहु जी कोठामा टुप्लुक्क आइपुगे । सितन तयार भएको जानकारी दिए ।
सारै छिटो पो तयार गर्नु भयो त भनेको त मुसुक्क हाँसे मात्र । हामी पनि आज स्वतन्त्र भएर दुई भाई रम्ने सोचमा थियौं । यो होटल छान्नुको उदेश्य पनि त्यहि थियो । हाम्रो विजुली पानी खाने योजना बमोजिम साहुजी पनि तयारीमा जुटे ।
देशदेखि विदेशसम्मका बिभिन्न बिषयमा कुरा गर्दै विजुली पानीको रसस्वादन गर्दै थियौं, हामी दुई । अचानक दुईजना उही भलादमी जसले हामीलाई शुरुमा बेञ्चमा बस्न सहज बनाई दिएका थिए, कोठामा प्रवेश गर्छन । दुई जना परदेशी बसेको ठाउँमा एक्कासी अन्जान मानिस आउँदा एक मन त डर पनि लाग्यो र अर्को रिस पनि उठ्छ । भन्न मन लाग्छ कि यसरी बिना सूचना कोही अपरिचित बसेको ठाउँमा आउँनु अशोभनीय कार्य हो । तपाईंहरु तुरुन्त बाहिर जानुहोस ।
तर उनीहरुले बोल्ने मौकै दिएनन् र क्षमा गर्नुहोला हामी प्रहरी जवान हौं । अलिक पर हाम्रो चौकी छ । हामीहरु अघिदेखि नै तपाईहरुको निगरानी गरिरहेका छौं । हामीलाई मावोबादी हुन् कि पत्ता लगाउँनु भन्ने आदेश थियो । हामीले बुझेसम्म तपाईहरु यो बाटो निर्माणको लागि खटिई आउँनु भएका इन्जिनियर र ओभरसियर हुनु हुँदो रहेछ ।
यो कुरा समितिका सदस्यबाट खुली सकेको छ । इन्सपेक्टर साबलाई हामीले सोहि रिपोर्ट गर्यौं । तर, इन्सपेक्टर साबले एकछिन भेट्न मन गरिस्या छ । बास्तबमा यस अवस्थामा तपाइहरुलाई डिष्टर्ब गर्ने पक्ष थिएनौ । के गर्ने हजुर डिउटी गर्नै पर्यो ।
विद्यार्थी भएर होला, प्रहरी भनेपछि तेति मन नपर्ने मलाइ र २०४६ को आन्दोलनमा झम्टाझम्टि भएको थियो, बेला बेला । विद्यार्थीहरु नेता भएपछि भने भागबण्डा हुने रहेछ, यो पुलिस मेरो अनि यो गुण्डा मेरो भनेर र आफु त अझै विद्यार्थी नै थिएँ ।
एक मन त पुरानो तुजुक देखाई दिउँ जस्तो पनि लाग्दै थियो, अलि अलि खाजाले पनि साथ दिएकै थियो, तर बिरानो ठाउँ भन्दै सम्हालिए ।
जसोतसो यिनीहरुलाई पन्छाउँनु नै बेस लाग्यो र मैले भने, हाम्रो यो अवस्था तपाइहरुले देख्नु भएकै छ । अब हामी यो ओछ्यान छोडेर कतै जान सक्ने अवस्थामा छैनौं । यस अवस्थामा इन्सपेक्टर साबसंग के कुरा गर्ने । भोलि बिहान ठिक ७ बजे हामी चौकीमा हाजिर हुने छौं । यही खबर इन्सपेक्टर साबलाई सुनाउँनु होला ।
यदि वहाँ मान्नु भएन भने तपाइहरुले एक पटक दुःख पाउँनु पर्ला, हामी जान तयार छौं । पुलिसहरु हस् हजुर भनेर तल झरे ।
पुलिस निक्लने बितिक्कै साहुजी भित्र पस्यो र उ बाहिर बसेर सबै कुरा सुनिरहेको रहेछ । “पुलिस भनेका पुलिस हुन् र हजुरले भनेको कुरा मैले तलै भनेको हु, यतिबेला डिस्र्टब नगर्नु भनेर र तै पनि एक पटक सोधौं भनेर पसे र हजुरले ठिक जवाब दिनु भयो, अब आउंदैनन् ’em र खाना ल्याऊ हजुर तयार छ । हामीले हुन्छ भन्यौं र एकैछिनमा खाना आइपुग्छ । साहुजीको बोलि र छरितोपना एकदमै मन पर्दो छ ।
घर छोडेपछिको स्वादिलो खानाले संतुष्ट बनाए साहुजीले र निकै मिठो खाना बनाउँनु हुँदो रहेछ कि जहानले बनाएको ?
मैले सोधें र साहुजीले जवाब दिए, हामीले हैन हजुर र त्यो त अघि आउने पुलिसले बनाइ दिएका र ओहो सहयोगी रहेछन पुलिसहरु र खासमा पुलिसहरु, खोज खबरको लागि पसलमा डिउटी गर्दा रहेछन । को कहाँ बाट आयो कता जाँदै छ । कसले के के र कति सामान किन्यो ।
सामान स्वाभाविक किन्यो कि असामान्य र यी र यस्ता रिपोर्ट लिएर बस्दा रहेछन प्रहरी जवानहरु, त्यस पसलमा । यसै सिलसिलामा केहि सहयोग पनि गरिदिंदा रहेछन । तर, बदलामा साहुजीले चिया नास्ता खुवाउँने गर्दा रहेछन ।
अरु दिनको तुलनामा आज धेरै कुरा सहज लागि रहेछ हामीलाई र जबरदस्तको स्वागतभन्दा ब्यबसाहिक ब्यबहार नै ठिक लाग्छ मलाइ र सुत्ने ठाउँ शान्त अनि ओढ्ने ओछ्याउँने सफा थियो । यत्तिको भएपछि परदेशीलाई के चाहियो, यस्तो पहाडी भागमा ।
सुत्ने पलंग छुट्टाछुट्टै कोठामा भए पनि कुरा गर्न सहज थियो हामीलाई र ओछ्यानमा पल्टिएर निन्द्रा लाग्नु अघि पुनः प्रहरीलाई सम्झें । अभि पनि निदाइसकेका थिएनन् किनकि उनि पनि म जस्तै निन्द्रामा घुर्दा रहेछन ।
घुराई छैन त निन्द्रा छैन र मेरो कुराले इन्सपेक्टर बिस्वस्त भयो होला त, कि शंका मानेर केहि समय पछि फेरी लिन पठाउँने होला, अभि र अभिले राय दिए “मान्यो जस्तो छ, नत्र यतिबेला सम्म आइसक्थे ।” कुरा मनासिब लाग्यो । त्यस रात अभिको घुराई सुनिन मैले, उनले सायद केहि पापड पेल्नु पर्यो निदाउँनलाई त्यस रात । यस्तो पालो पैंचो चलि रहन्छ हाम्रो ।
कोठामा उज्यालो छिरि सकेछ । बाहिरपट्टि गानगान गुनगुन सुनें र अभिसंग कुरा हुँदै छ ।
बिस्तारै आँखा खोल्दा त उही हिजोका प्रहरी जवान र लाग्यो, रात भरि हाम्रै डिउटी गरे कि के यिनले । घडीमा पौने सात बजेको देखें । ओहो ७ बजे चौकी पुग्नु छ ।
यसो चल्मलाएको देख्ने बितिक्कै “गुड मार्निंग सर थकाइले होला अलि निन्द्रा परे जस्तो छ”, एक जवान बोल्यो र गुड मार्निंग, माफ गर्नु होला, हामी तुरुन्त तयार हुन्छौं, मैले एकै सासमा भनें र भटपट उठेर बिहानको नित्यकर्म सकेर, साहुजीको हिसाब किताब गरिवरी झोला च्यापेर प्रहरीको पछि पछि लागियो ।
अलि एकान्तमा एक पुरानो घरमा प्रहरी चौकी सञ्चालन गरिएको रहेछ । र, घर पुरानो भए पनि माटोकै रंग लगाएर बिशेष चम्किलो बनाइएको र जाने बाटोको दायाँबायाँ फुल रोपिएको र बाटोसंगै भएका ढुंगाहरुमा पनि रंग पोतिएको छ । यसो हेर्दा सकेसम्म चौकीलाई सजाउँन बिशेष प्रयत्न भएको देखिन्थ्यो ।
हामी एक कोठामा के पुगेका थियौं, एक गोरा अनि खाइलाग्दा करिब ६ फिट अग्ला व्यक्ति स्वागतको भावमा देखा परे । हातमा भएको यन्त्रले पक्कै इन्सपेक्टर हुन् भन्ने लाग्यो र आएर दरोसंग हात मिलाउंदै भने “म इन्सपेक्टर, यो चौकीको इन्चार्ज र मैले हिजो नै कुराकानीका लागि बोलाउँन पठाएको थिएँ मेरा केटाहरुलाई र तपाईंहरु आराम गर्न लागिसकेको थाहा पाएँ र हेर्नुहोस न यहाँ त नयाँ र राम्रो मानिससंग त कुरै गर्न नपाइने भन्या र खाली उनै व्यक्तिसंग उही पुरानै बेकारका कुरा सुन्नु पर्ने दिनका दिन ।”
उनले आफ्नु परिचयसहित बोलाउनुको उदेश्य प्रस्ट्याउँन खोजे । यी लायक इन्सपेक्टरलाई देख्दा मलाई पुरानो याद आयो र नेपालको कुनै एक जिल्लामा हुँदा एक जना बढीमा ४ फिटका फुटबलजस्तो देखिने एक मानिसले आफु अनुसन्धानको इन्सपेक्टर भनेर परिचय दिएका थिए ।
जब उनि गए, मैले साथीहरु समक्ष जिज्ञाशा राखें “हैन यिनको उचाई पुग्छ भन्या ?” एक जना साथीले भने “यिनी त अनुसन्धानवाला हुन, राति पनि कालो चस्मा लगाउँने एक जना जनपथ इन्सपेक्टर देखेको छु मैले ।”
अर्का एक पिउठानीले थपे, “केहि समय अघि दाङमा घरबास भएका युवाहरुले उमेर पुग्ने बितिक्कै प्रमाणपत्र खरिद गर्न पेश्की रकम पाउँथे र आइ ए वा सो सरहको ल्याए सबइन्सपेक्टर, बि ए वा सो सरहको भए इन्सपेक्टर नै पक्का, तर नेताज्युलाइ सहयोग गरेको चाँहि हुनु पर्ने थियो ।”
यस कुरामा सबैजना गलल्ल हाँसे उनि भने दंगाली नभएकोमा पश्चाताप महसुस गरे जस्ता देखिन्थे ।
यी इन्चार्ज, श्रेष्ठ थरका भरखर भरखर सरुवा भएर आएका नयाँ इन्सपेक्टर । उनलाई त्यो ठाउँको बसाई पक्कै मन परेको छैन र हामीले पनि आआफ्नो परिचय दियौं र केहि छिनका लागि उनि बाहिर निस्के र उतिबेला झोला बोकेका मान्छे भेट्यो भने बन्दोबस्तिका सामानसहित यति जना पक्राउ, दोहोरो भिडन्तमा यति जनाको मृत्यु भन्ने समाचार बनि हाल्थ्यो र बास्तबिकता कमै हुन्थ्यो, तर यो प्रहरीहरुको बढुवा र सरुवाको लागि अचुक अश्त्र हुन्छ भन्ने हल्ला जताततै सुनिन्थ्यो । हाम्रो पनि मनमा शंका र डर हुनु स्वाभाविक थियो ।
इन्सपेक्टर बिहानीको खाजा बोकाएर भित्र प्रवेश गरे । तातो तातो पुरी, चना र आलुको तरकारी अनि गोलभेंडाको अचार । देक्दै मुख रसाएर आयो उसमाथि धनिया र टिमुरको हर्रर बासनाले कुन बेला हात छोडु जस्तो बनायो र एक एक कचौरा दहि पनि आयो र इन्सपेक्टरको इशारा पाउना साथ बाघले शिकारलाइ झम्टे जस्तै झम्टियौं र हामीले धेरै दिनदेखि यस्तो खाना देख्नसम्म पनि पाएका थिएनौं ।
चूपचाप खाना खाँदै थियौं, बीचैमा खाँदै गरेका इन्सपेक्टर एक छिन भन्दै बाहिर निस्के र मैले भने के हो अभिजी, यो खाना बलिको बोको पर्सेको जस्तो त होइन । अभि खिसिक्क हाँस्दै मन्द स्वरमा भन्छन तेस्तो त नहोला कि सर । इन्सपेक्टरको पछि पछि चियाको कप लिएको प्रहरीको प्रवेश हुन्छ ।
एक हदको शंका निवारण हुन्छ, हाम्रो रबास्नादार चियासंगै हामीको बार्तालाप शुरु हुन्छ । मैले बाटोमा भेट भएको एक प्रहरी जवानको ’boutमा कुरा गरें । जो त्यस एरियामा बसेर काम गर्न सारै डर मान्दै थियो । डरका कारण उसले बिना आदेश फायर खोल्यो त्यो पनि ५÷७ कि मि टाढाको मशाल जुलुशलाई ताकेर, केहि दिन आगाडीको रात्रि गस्तिमा । त्यस्तो ब्यबहारले त प्रहरीलाई नै अप्ठ्यारो पर्न सक्छ । यो उनको संगठन सुधारको लागि एक सुझाब थियो मेरो ।
अनायास इन्सपेक्टर आक्रोशित मुद्रामा देखा पर्छन र भन्छन “हेर्नुहोस अहिले सबैको मनस्थिति तेही प्रहरी जवानको जस्तै छ । यो राजनीतिक आन्दोलन हो र बारम्बार यस्ता आन्दोलनमा प्रहरीहरुले अनाबस्यक बलिदान दिनु परि रहेछ ।
न दिएका हात हतियार काम लाग्ने र पर्याप्त छन् , न सेवा सुबिधामा सन्तोष मान्ने ठाउँ छ । कतिसम्म बलि दिईरहने हामी ले र बास्र्टड पोलिटिसियन राजनीतिक मुद्दा त राजनैतिक तरिकाले पो सुल्झाउँनु पर्यो । पछि यिनैलाई स्यालुट गर्नपर्ने अवस्था आउन सक्छ, बिचार पुर्याएर ब्यबहार गर्न निर्देशन दिने गरेको छु मैले त मेरा केटाहरुलाई र मैले मेरो संगठनमा यो कुरा राखि सकेको छु ।
हेर्दै जानुहोस अब पुलिसले धेरै समय साथ दिने छैन र” कुरा भयङ्कर थियो, तर आफु यसैमा बहकिनु खतरनाक हुन सक्थ्यो । अभि त सुन्ने साक्षी मात्र थिए, मैले सह्मालिनु थियो र तपाईंका कुरा एकदम सहि र सान्दर्भिक छन, एक पटक त भन्नै पर्यो बाँकीमा मैले टाउको हल्लाएर समर्थन मात्र जनाएँ र यतिमा सन्तुष्ट नै देखिन्थे, उनि ।
मिठो खाजा र अबिष्मरणीय आतिथ्यका लागि धन्यवाद दिंदै बिदा मागें र उनि पनि केहि बुझ्ने मानिसलाई भेटेर आफ्नो मनको तितो पोख्न पाएकोमा खुशी थिए र अर्को फिल्ड भिजिटको बेला पुनः भेट गर्ने बाचासहित हामी भकुन्डेबेसीका लागि रमाना भयौं । बाटोभरि उही इन्सपेक्टरको कुरा खेलि रह्यो, प्रहरीहरुको असन्तुष्टि । आक्रोश निकै बढेको महसुस गरें ।