कन्याको कुण्डलीमा सातौ मंगलको प्रभाव

 

मंगल एक त पापी ग्रह ,अस्टमत्व दोष साथै शत्रु राशी तुला योग कन्याको लागि तितो करेलामा निम हालेको सरह हुन जान्छ ।

 

 

प्रत्येक माता पिताको चाहना हुन्छ आफ्नो छोरीले जीवनमा कुनै कष्ट भोग्न नपरोस सदा सर्वदा जीवन मा अन्नयादी सुख भोग प्राप्त होस आफ्नो पिता लाई भन्दा माता लाई यस कुरा को विशोष चिन्ता रहन्छ । जन्मदेखि आफ्नो छातीमा टाँसी लाडे बनाई पालेर ठुलो पारेको के विवाह पश्चात पनि त्यै सुख प्राप्त होला भन्ने चिन्ताले सधै घचघचाई रहेको हुन्छ । विवाह पश्चात जीवन कस्तो रहला यो विशोष योग सप्तम भाव जुन भाव बाट जीवनको भोग दाम्पत्य सुख यावत कुरा ज्योतिष शास्त्रमा वर्णन पाईन्छ त्यसै सन्दर्भमा यदि सातौ मंगल कन्याको कुण्डलीमा हुँदा यसको शुभ अशुभ प्रभावको ’boutमा आज हामी जान्ने छौ ।

 

मेष लग्न भएको कन्याको जन्म कुण्डलीमा यदि शत्रु शुक्रको तुला राशी सप्तम भावमा लग्नेश मंगल अस्टमत्व दोष ले ग्रस्त भएर अवस्ठित छ भने कन्याको पतिपक्ष र बैवाहिक जीवन पुर्ण प्रभावित हुन्छ । मंगल एक त पापी ग्रह साथै अस्टमत्व दोष साथै शत्रु राशी तुला यो योग कन्याको लागि तितो करेलामा निम हालेको सरह हुन जान्छ । कन्या को दाम्पत्य जिवन पुर्ण कष्टकर बित्छ । विवाह पछी जीवनमा जो सुख प्राप्त गरुला भन्ने सपना भत्किदै गएको आभाष हुन थाल्छ । पतिको आय र स्वास्थ दुबै दुर्बल हुन्छ । फलस्वरुप कन्याको गृहस्थीमा बाधा हुन्छ ।

 

बृष लग्न भएको कन्याको कुण्डलीमा यदि ब्यएश दोषले ग्रस्त मंगल स्वग्राज भई सप्तम भावमा स्थित भएमा पति पक्ष त मजबुत हुन्छ तर , कुनै न कुनै कारण ले तिरस्कार सहिरहनुपर्छ । श्रीमान उनको लागि कष्टको कारण बन्छ आयको बाटोमा बाधा उत्पन्न हुने खर्चको मात्रा अधिक रहने सासु ससुराको माया पनि पर्याप्त प्राप्त हुन नसक्ने हुन्छ ।

 

मिथुनको कुण्डलीमा यदि लाभेश मंगल षस्देश दोष द्वारा ग्रस्त भै कन्याको पति भावमा मित्र गुरुको धनुमा स्थित हुदो कन्याको दाम्पत्य जीवन सफल हुन सक्दैन किनकि श्रीमानको अवस्था प्राय रुग्न रहन्छ जसले गर्दा शारिरिक संपर्क असन्तोष पुर्ण हुन्छ । श्रीमानसित कुनै न कुनै कारणले मनमुटाव भैरहन्छ रकचकचको अवस्था सिर्जना भैरहन्छ कन्याको प्रजनन समस्या मुतेन्दृय, समस्या रोग रक्त विकार हुन्छ । नचाहिदो तरिकाले धन हानि हुने धनको कोषमा कमि हुने हुन्छ ।

 

कर्क लग्न भएको कन्याको कुण्डलीमा कर्मेश र ज्ञानेस मंगल शत्रु शनीको मकर राशीमा उच्चको भएर सप्तम भावमा बस्दा कन्याको श्रीमान सुन्दर सुगठित, स्वस्थ्य शरिर अग्ला प्रभावशाली व्यक्ति हुन्छ तर कन्याको समबन्ध अन्य पुरुषसित पनि रहने हुँदा पतिसित मतभेद बनिरहन्छ । साथै कन्या स्वयम बिधा बुद्धि भएकी पुत्रपुत्रीको सन्तोष प्राप्त भएकी कारोबार बाट राम्रो आय भएको समाजमा सम्मान पाउने पिता नाम उच्च गर्ने हुन्छ ।

 

सिह्ं लग्न भएको कन्याको जन्म कुण्डलीमा भाग्यबश सुखेश मंगल शत्रु शनी को कुम्भ राशी सप्तम मंगल शत्रु शनीको कुन्भ राशी सप्तम भावमा अवस्ठित हुँदा केहि कठिनाई को साथ दाम्पत सुख प्राप्त हुन सक्छ । भाग्यले साथ दिनुको साथै ति स्त्री धर्म कर्ममा रुचि राख्ने हुन्छ गृहस्थी जिवन लाई पनि धैर्यको साथ संचालन गर्ने स्वभाव हुन्छ । भौतिक सुख पनि रामै प्राप्त हुन्छ । तथापी जीवनमा आत्मिक सुख को अभाव भैरहन्छ ।

 

कन्या लग्न भएको कन्याको कुण्डलीमा अष्टमेश दोष लागेको मंगल सप्तम भावमा मित्र गुरुको मिन राशिमा हुँदा कन्यालाई पति सुख प्राप्त हुन निकै बाधा हुन्छ । तर कन्याको आयु राम्रो हुन्छ । पुर्ख्यौली जग्गा जमिन को पनि लाभ मिल्छ गृहस्थ संचालनमा हिम्मत र धैर्यले कार्य गर्ने हुन्छ श्रीमान को रुप तराम्रो हुन्छ तर स्वास्थ ठिक रहदैन। क्रमश:

 

 

[email protected]

977-9849428414