कुण्डली र योग

 

 

मनुष्यको कुण्डलीमा विभिन्न योग लुकेको हुन्छ। त्यो योग ब्जित्र वुभिन्न रहस्य पनि लुकेको हुन्छ। योग भित्र लुकेको रहस्यद्वारा नै जातकलाई जानकार ज्योतिषाचार्यले राज योग, गजकेशरी योग, अनामा योग, सुनमा योग, अमला योग, ब्रम्ह योग, केमद्रुम योग, कालसर्प योग, मांगलिक योग, भनी व्याख्या गर्छन । आज म यहाँहरुलाई त्यस्तै केहि योगका ’boutमा जानकारी गराउने प्रयत्न गर्नेछु ।

 

गजकेशरी योग : चन्द्रमा र गुरु एकसाथ वा एक अर्कामा दृष्ट भएमा गजकेशरी हुन्छ । अझ शुक्र र बुध निच नभई, अस्त नभई चन्द्रमालाई पूर्ण दृष्टिले हेरेको छ भने प्रवल जगकेशरी निर्माण हुन्छ ।

 

यस योगमा जन्म लिने जातक धेरै मित्र र प्रशंसकले घेरिएको हुन्छ भने सबैले सम्मान गर्ने गर्दछन। यस जातकको स्वभाव बिनम्र, विवेकवान, तेजस्वी, मेधावी,गुणी हुन्छ भने धन, सम्वृद्धि अजय हुन्छ ।  मृत्यु पश्चात पास्नी यशगाथा रहिरहन्छ ।

 

अमला योग : चन्द्रमा जुन राशीमा बसेको हुन्छ त्यस स्थानबाट दसौ स्थान मा कुनै शुभ ग्रह बसेको छ भने अमला योग निर्माण हुन्छ । यदि लग्नस्थान बाट दशौँ स्थानमा कुनै शुभ ग्रह छ भने पनि अमला योग बन्छ ।

 

जुन जातकको कुण्डलीमा अमला हुन्छ त्यो व्यक्ति प्रसिद्द ,गुणवान ख्याती प्राप्त गर्ने हुन्छ । यस्तो व्यक्तिले पूर्ण सुखी जीवन भोग गर्छ सम्पूर्ण सुख भोग गर्छ । साथै सज्जन तथा चरित्रवान पनि हुन्छ । दसौ भावको ग्रहको दशा चल्दा जातकलाई विशेष धन लाभ हुन्छ ।

 

यदि ब्यापारी हो भने व्यापार ज्यादै विस्तार हुन्छ ,फैलिन्छ । राजकीय सेवा छ भने उच्च पदको प्राप्ति हुन्छ । यो योग भएका व्यक्तिले धन ख्याती दुवै प्राप्त गर्छन।

 

पर्वत योग : यदि केन्द्रमा शुभ ग्रह बिद्यमान छ र छैटौ र आठौ स्थान खाली वा शुभ ग्रहको दृस्टी छ भने पर्वत योग बन्छ । तथा साथै यदि केन्द्रमा लग्नको खाली तथा व्ययभाव को स्वामी परस्पर स्थित छ भने पर्वत योग बन्छ ।

 

फल : पर्वत योगमा जन्मने व्यक्ति आफ्नो उच्च भाग्यको निर्माता आफु स्वयम् हुन्छ । साथै भाग्यले पनि सधै साथ दिन्छ बिधाको क्षेत्र मा यो योगका जातकले अद्भुत उन्नति गर्छन गरिब,पीडित,अन्यायलाई यिनीले धेरै सहयोग गर्दछन / तत्पर रहन्छन । यस्तो जातक भोगी पनि हुन्छन। यिनीहरुको जीवनमा अनेक प्रेमिका हुन्छन जसबाट यिनीहरुले आनन्द प्राप्त गर्छन यिनको ख्याती पनि सर्वत्र हुन्छ । यिनीहरु जहाँ हुन्छन सदैब प्रमुख भएर बस्छन ।

 

वासी योग : चन्द्रमा बाहेक कुनैपनि ग्रह वा अनेक ग्रह सुर्यको स्थानबाट बार्हौं स्थानमा छ भने वासी योगको निर्माण हुन्छ ।

 

फल : वासी योगमा जन्म लिने जातक आफ्नो कार्यमा दत्त हुन्छन । यदि सुर्य बाट बार्हौं स्थान मा शुभ ग्रह छ भने जातक प्रसन्न ,निपुर्ण विधवान गुणी तथा चतुर हुन्छन । त्यस्ता व्यक्ति सधै प्रसन्न तथा आनन्दीत मुद्रामा रहन्छन । पारिवारिक दृष्टिले खुसि यश प्राप्त गर्ने तथा शत्रुको सहर गर्ने हुन्छन । यदि सुर्यको बाह्रौं स्थान मा पापी ग्रह छ भने जातकले जीवनमा आफ्नो स्थान छोड्ने हुन्छ क्रुर हुन्छ भयंकर अपराध गर्ने हुन्छ ।

 

शुभ कर्तरी योग : यदि लग्न स्थान बाट दोस्रो र बाह्रौ भावमा शुभ ग्रह स्थित छन भने शुभकर्तरी योग बन्छ । यस योगमा जन्म लिने जातक तेजस्वी हुन्छन । यिनको जीवनमा आय आर्जन को अनेक स्रोत हुन्छ । साथै अर्थ संचयमा पनि यिनीहरु प्रनिन हुन्छन । शारीरिक दृस्टी ले पनि यस योगमा जन्म लिने स्वस्थ सबल हुन्छन ।

 

पापकर्तरी योग : यदि लग्न भाव बाट दोस्रो तथा बाह्रौँ भावमा अशुभ ग्रह स्थित छ भने पापकर्तरी योग बन्छ । यस योगमा जन्म लिने पाप कर्म गर्ने चक्र रचने भिलुक तथा भालिन चित्तको हुन्छन ।

 

शुभ योग : यदि जन्म लग्न शुभ ग्रह द्वारा युक्त छ भने शुभ योग हुन्छ । शुभ योगमा जन्म लिने व्यक्ति प्रसिद्द वक्ता हुन्छ । जुन मानिस कि भावनालाई आफ्नो पक्षमा पर्ने गुण हुन्छ सबैलाई मन्त्र मुग्ध पर्ने शक्ति हुन्छ ।

 

अशुभ योग : यदि जन्म लग्न अशुभ ग्रह वा पाप ग्रह द्वारा युक्त छ भने अशुभ योग बन्छ । यस योगमा जन्म लिने व्यक्ति कामि स्वभाब अरुको धन हडप गर्ने सम्पूर्ण जीवन असफलताले भरिएको हुन्छ । पथ पथमा दुर्भाग्यले बाधा परिरहन्छ ।