ज्योतिष र रोग

रोग विचार गर्दा यी भाव द्वारा विचार गर्नुपर्ने हुन्छ । जन्मकुण्डलीको प्रथम भावबाट शिर, दोश्रोबाट मुख, तेस्रोबाट भुजा ,चौथो बाट हृदय,पंचमबाट उदार,शष्टबाट कटि,सप्तमबाट वस्ती,अष्टमबाट गुप्ताङ्ग,नवमबाट उरु,दशमबाट जानु ,एकदशबाट जांध,बार्हौ बाट खुट्टा,पैतालाको विचार गरिन्छ ।

 

 

 

रोग विचार एवं भाव

रोग बिचारको दृष्टिमा भावको महत्व अधिक हुन्छ । यी भावमा प्रथम शष्ट,अष्टम तथा द्वादश भाव रोगसित प्रत्यक्ष सम्बन्ध राख्दछन ।साथै दोस्रो तथा सप्तम भाव जन्मकुण्डलीको कारक भाव हुनाले त्यो भावको पनि शरीर स्वास्थ्यसित सम्बन्ध रहन्छ । यो छवटा भाव ज्योतिष शास्त्रमा रोगको दृष्टिले अत्याधिक महत्व राख्दछ ।

 

प्रथम भाव अर्थात् लग्नले जातकको सम्पूर्ण शरीर एवं स्वास्थ्य विचार गरिन्छ । शष्ट भावलाई शत्रु भाव मानिन्छ ।जातकको शत्रु पक्ष यसै भावबाट थाहा हुन्छ । स्वास्थ्यको दृष्टिले हेर्दा रोग मनुष्यको प्रवल शत्रु हो । यहि कारण हो की यस भावबाट मनुष्यलाई हुने, लाग्ने रोगको विचार गरिन्छ ।अष्टम भाव मृत्युको भाव हो ।त्यसकारण आयुको पनि यस भावसित सम्बन्ध हुन्छ । अत: यसबाट मृत्यु कारक रोग मृत्युको कारण मनुष्य जीवन ,जीवन अवधिको पनि बिच गरिन्छ ।

 

रोग साध्य वा असाध्य हुनुमा आयु एक महत्वपुर्ण कारक हो । यहि कारणले गर्दा रोगको साध्य असाध्यको विचार यिनै भावबाट गरिन्छ । व्यय अर्थात् खर्च हुनु ,प्रत्येक रोगले शारीरिक शक्तिको खर्च गर्छ ।त्यसै कारण रोग विचार यस भावबाट गरिन्छ ।अष्टम भाव तथा तेस्रो भावबाट आयुको विचार गरिन्छ । यी दुवै भावका बार्हौ भाव दोस्रो भाव तथा सप्तम भाव हो । जो आयुको प्रतीक हो । आयुको व्यय भनेको मृत्यु हो ।त्यसकारण दोस्रो तथा सप्तम भाव मृत्युको सूचक हो ।अत :हामीले के बुझ्नु पर्यो भने कुण्डलीको बार्हौ भाव मध्ये शष्ट ,अष्टम द्वादश ,द्वितीय तथा सप्तम भाव रोगको सम्बन्धित भाव हो ।

 

रोग विचार गर्दा यी भाव द्वारा विचार गर्नुपर्ने हुन्छ । जन्मकुण्डलीको प्रथम भावबाट शिर, दोश्रोबाट मुख, तेस्रोबाट भुजा ,चौथो बाट हृदय ,पंचमबाट उदार ,शष्टबाट कटि ,सप्तमबाट वस्ती,अष्टमबाट गुप्ताङ्ग,नवमबाट उरु,दशमबाट जानु ,एकदशबाट जांध ,बार्हौ बाट खुट्टा ,पैतालाको विचार गरिन्छ ।

 

द्रेष्काणद्वारा अंगको प्रतिनिधित्व हेरिन्छ । मनुष्यको कुन अंगमा घाउ चोट,गाठ हुन्छ यसको विचार प्राचीन ज्योतिष महर्षिहरुले द्रेष्काणको आधारमा गरेका छन् द्रेष्काणले शरीरलाई तीन भागमा शारीरिक अंगको प्रतिनिधि मानेको छ । यहाँ लाग्न शिर दोश्रो तथा बार्हौ भाव दाँया बाँया नेत्र तेस्रो तथा एकदश दाँया बायाँ कान ,चौथो तथा दशम दाँया बायाँ नाक पाँचौ तथा नवम दाँया बायाँ गाला शष्ट तथा अष्टम चिउड़ो बायाँ भाग दायाँ भाग सप्तम भावले मुखको प्रतिनिधित्व गर्छ।अलग-अलग भावमा स्थित राशीको विभिन्न द्रेष्काण शरीरको कुन-कुन अंगसित सम्बन्ध राख्दै त्यसलाई प्रभावित गर्छ।रोग निर्णय गर्नका लागि यो जान्न एकदम जरुरि छ |

 

लग्न

प्रथम भाव
१,प्रथम द्रेष्काण:मस्तक,कण्ठ ,बस्ति
२.दोश्रो द्रेष्काण:नेत्र ,कण्ठ ,बस्ति
३.तेस्रो द्रेष्काण:बायाँ नेत्र ,बायाँ काँध ,बस्ति

 

द्वितीय भाव
१.प्रथम द्रेष्काण:दायाँ कन्धा ,दायाँ नेत्र ,लिङ्ग
२.दोस्रो द्रेष्काण:मस्तक,बायाँ कन्धा ,लिङ्ग
३.तेस्रो द्रेष्काण:मस्तक,कण्ठ,लिङ्ग

 

तृतीय भाव
१.प्रथम द्रेष्काण:दायाँ कान ,दायाँ भुजा ,दायाँ अन्डकोष
२.दोस्रो द्रेष्काण:दायाँ नेत्र ,दायाँ भुजा ,दायाँ अन्डकोष
३.तेस्रो द्रेष्काण:दायाँ नेत्र ,दायाँ भुजा ,दायाँ अन्डकोष

 

चतुर्थ भाव
१.प्रथम द्रेष्काण:दायाँ नाक ,छिद्र ,दायाँ पन्जा ,दायाँ जांध
२.दोस्रो द्रेष्काण:दायाँ कान ,दायाँ पन्जा ,दायाँ जांध
३.तेस्रो द्रेष्काण:दायाँ कान ,दायाँ भुजा ,दायाँ जांध

 

पंचम भाव
१.प्रथम द्रेष्काण:दायाँ गाला ,हृदयको दायाँ भाग,दायाँ घुडा
२.दोस्रो द्रेष्काण:दायाँ नाकको छिद्र ,हृदयको दायाँ भाग ,दायाँ घुडा
३.तेस्रो द्रेष्काण:दायाँ नाको छिद्र ,दायाँ पन्जा ,दायाँ घुडा

 

शष्ट भाव
१.प्रथम द्रेष्काण:दायाँ चिउड़ो ,पेटको दायाँ भाग ,दाया पिडुला
२;दोस्रो द्रेष्काण:दायाँ गाला ,पेटको दायाँ भाग ,दायाँ पिडुला
३.तेस्रो द्रेष्काण:दायाँ गाला,दायाँ पन्जा ,दायाँ घुडा

 

सप्तम भाव
१.प्रथम द्रेष्काण:मुख,नाइटो
२.दोस्रो द्रेष्काण:दायाँ चिउड़ो ,नाइटो
३.तेस्रो द्रेष्काण:दायाँ चिउड़ो ,पेटको दायाँ भाग

 

अष्टम भाव
१.प्रथम द्रेष्काण:बायाँ चिउड़ो,पेटको दायाँ भाग,बायाँ पिडुला
२.दोस्रो द्रेष्काण:मुख ,पेटको दायाँ भाग,बायाँ पिडुला
३.तेस्रो द्रेष्काण:बायाँ चिउड़ो ,पेटको बायाँ भाग ,बायाँ घुडा

 

नवम भाग :
१.प्रथम द्रेष्काण:बायाँ गाला,हृदयको बायाँ भाग,बायाँ घुडा
२.दोस्रो द्रेष्काण:बायाँ चिउड़ो ,हृदयको बायाँ भाग ,बायाँ घुडा
३.तेस्रो द्रेष्काण:बायाँ चिउड़ो,हृदयको बायाँ भाग,बायाँ घुडा

 

दशम भाग
१.प्रथम द्रेष्काण:नाकको बायाँ भाग,बायाँ पन्जा,बायाँ जांध
२.दोस्रो द्रेष्काण:बायाँ गाला,बायाँ पन्जा ,बायाँ जांध
३.तेस्रो द्रेष्काण:बायाँ गाला ,हृदयको बायाँ भाग ,बायाँ जांध

 

एकादश भाव
१.प्रथम द्रेष्काण:बायाँ कान,बायाँ भुजा,बायाँ अन्डकोष
२.दोस्रो द्रेष्काण:बायाँ नाकको प्वाल,बायाँ भुजा,बायाँ अन्डकोष
३.तेस्रो द्रेष्काण:बायाँ नाकको प्वाल,बायाँ पन्जा,बायाँ अन्डकोष

 

द्वादश भाव
१.प्रथम द्रेष्काण:बायाँ नेत्र ,बायाँ कन्धा ,लिङ्ग
२.दोस्रो द्रेष्काण:बायाँ कान ,बायाँ कन्धा ,लिङ्ग
३.तेस्रो द्रेष्काण:बायाँ कान ,बायाँ भुजा ,लिङ्ग

 

यसै अनुसार हामीले ज्योतिष शास्त्र अनुसारसंगको पहिचान गरि आफ्नो जीवनमा यसका उपाय गरि रोग मुक्त जीवन साकार गर्न सक्छौ ।