मृत्युसंगै अड्किएको इच्छा

मानिसका अनेकौ इच्छाहरु हुन्छन इच्छा न हो जे राख्दा पनि भयो कोहि मानिसको इच्छा सुन्दा ओहो लाग्छ तकोहीको गलल्ल हासो उठ्नी हुन्छन । यस्तै हजारौ इक्षाहरुको भिडमा छिन सान्दरपुर गाउकि बुढी हजुरआमा अनि उनको इच्छा, सामान्य जीवन बिताईरहेकी उनि बाल्यकालदेखिकै धेरै दुख कष्ट खेपेकी एक जवान छोरा जो उनीलाई छाडी बैदेशिक रोजगारमा छन् दुइ नातिनी एक नातिको प्यारी हजुरआमा ।

आफ्ना खुशी रहर सबै नाति नातिनालाइ मधुसमा ( खजाना ) राखेको पोकोसंगै फुकाएर बाड्ने गर्थिन । हरेक मानिसमा एउटा रहर, इच्छा हुन्छ जसको लागि जीवनमा संघर्ष गरिरहेका हुन्छन । उता बुढी आमाको छोरा सधै सपना बुन्छन आफ्नी श्रीमतीलाइ सुखसंग पाल्नी,छोराछोरीलाइ सहर बजारको महँङ्गो स्कुलमा पढाउने अनि आफ्नी आमालाई सहरको हावा चखाउने । यता रातदिन सिरानीमा कोल्टे फेर्दै कयौ रात आखा झिमिक्क नगरी कटाउदै सानो सपना बुनेकी बुढी हजुरआमा ।

छोराले राम्रै कमाउन थालेको धेरै भैसकेको थियो । हरेक हप्ताको शुक्रवारको दिनमा गरिएको आमालाइ कलमा छोराको प्रश्न आमा हजुरलाइ केहि खाचो छ, केहि खानी मन छ ? आमाको मुखबाट जहिले बाबु त ठिक छस, मलाइ सबै पुगेको छ त केहि चिन्ता नमान आफ्नो ख्याल गर्नु । छोराछोरी हुर्किदै थिए गाउमा गाउघरलाइ छाडी सहर पस्ने चलन निकै चल्दो थियो त्यस्तै भिडमा यो परिवारलाइ नि रहर जाग्यो सहरमा बसाइ जाने । हजुरआमालाइ यो कुरा चित्त बुझेंन, उनि धुरु धुरु रोएर भन्न थालिन तिमीहरु जहाँ जानु छ जानु तर म बुढी कहिँ जादिन म यहि जन्मेको यही मर्छु नजिकको कालिनदि छाडी अन्त कतै जानु छैन मलाइ । खुशी परिवारमा यो कुराले खटपट बनायो, नातिनातिना र हजुरआमा बिच सम्बन्ध सुमधुर रहेन, बुहारी रिस रागसंगै बुढी सासुलाइ बोज ठान्न थालिन । कान्छी नातिनीले हजुरआमाको आसु पुछ्दै भनिन नरुनु आमा सबै बजार गएपनि म हजुरसंगै बस्छु, नुनेपाठीलाइ घास काट्छु, हजुर आइ बुबु दुइ गर्नु हस त्यो अबोध बालिकाको आफ्नी हजुरआमाप्रतिको अथाह प्रेम अनि उसको त्यो इमान्दारितामा हजुरआमा भक्कानीन ।

 

परिवारका सदस्यहरुभित्र उही बोज यो बुढी नभएकी भए हामी हाम्रो इच्छा अनुसार गर्न पाइन्थ्यो । एकै छानामुनि एकैबसी उही कसौडीमा पकाएर खाएका सदस्यहरुको फरक फरक इच्छा छन् । कस्तो अचम्मको छ यो इच्छा भन्नि शब्द छिनभरमै मानिसको रुप फेरिदिन्छ । यसैबीचमा हजुरआमा अचानक ढल्नुभयो, उहा ब्रेनट्युमरबाट ग्रषित हुनुभएको पनि कयौ बर्ष बितिसक्यो, छोराले आमासँग उहाको इच्छा सोध्यो सायद उसलाई महशुस भयोकी अव आमाको धेरै समय छैन । ति बुढीको अझै आस मरेको छैन बाबु मलाई त्यो गैरी खेत किनेर त्यो खेतमा उब्जाएको धानको भात खाएर मात्र यो संसार बाट बिदा हुनु छ । यी बुढी आमाको रहर इच्छा सुन्दा साचिकै अचम्म लाग्यो र परिवार कोहि सहमत हुन मानेनन्, इच्छा कति सक्तिशाली हुदोरहेछ, छोराले सकेनन् आमाको इच्छा मार्न र त्यागे श्रीमतीको रहर
छोराछोरीको खहरलाइ आमाको लागि गैरी खेत किने ।

 

बुढी आमा निकै खुसि देखिन्थिन, साचचै उहालाइ दिनदिनको ओखतीले गलाई रहेको थियो र अर्कोतर्फ रोगले कम्जोर बनाइरहेको थियो । तर जुन इच्छा थियो त्यसले छुट्टै उर्जा थपिरहेका थियो । बर्सौदेखीको गैरी खेतमा उब्जाएको धानको भात खाने बुढी आमाकोइच्छा पुरा भयो । त्यस खेतमा उब्जाएको अन्न आफ्नो भकारीभित्र भित्य्राउँन पाउनुभयो । सायद यहि नै उनको पहिलो र अन्तिम इच्छा थियो, यही इच्छामा सास अडेको थियो, गैरी खेतको भात अर्को वर्ष खान पाइनन् उनि त्यो परिवार सामु रहिनन् । छोरा अझै त्यो खेतलाइ ति बुढी आमालाइ जस्तै माया गर्दछन ।

 

मानिसको साचिकै अचम्मको इच्छा हुदोरहेछ न ति बुढी आमालाइ अन्नको कमि थियो, न सम्पतिको त न कुनैखेतबारीको तर यस गैरी खेतसंग जोडिएको उनको इच्छा के थियो तर यो उनलाई हमेशा अमर राख्ने उपहार बन्यो ।