डा. गोबिन्द के.सी.

-दूर्गालाल श्रेष्ठ

डा. गोबिन्द के.सी.

सदन अहो ! यो कस्तो भट्टी 
चढ्छ जहाँ बहुमतको मात !
कति निर्मम, कति निष्ठुर बाबा
रक्सीबाजहरूको जात !

ख्वै, गणतन्त्र कहाँ छ यहाँ ख्वै ?
के यो नै हो समताबाद ?
मानवताकै आत्माको यो 
हो कि कसो ए अन्तिम म्याद !

ए आमाको प्यारो छोरो
डा. गोबिन्द प्रणम्य तिमी !
अन्तिम सासै मात्र छ बाँकि
तैपनि कति निश्चिन्त तिमी !

तर मेरो विश्वास यही छ–
मर्दैनौ गोबिन्द तिमी !
बाँच्नेछौ नेपाल बचाई
वीर अनन्त अनन्त तिमी !

प्रख्यात कवि दूर्गालाल श्रेष्ठको फेसबुकबाट साभार