ठुलो घरभित्रको अध्यारो कोठा

सासुआमाको लागि एक काम गर्न ल्याएको मानिस जस्तो, मलाइ नराम्रो लागेको छैन म बुहारी भइसके छोरी हुदाजस्तो कहा हुनु भनि चित्त बुझाउछु । मेरा पतिदेव श्रीमानजीका लागि उसको यौन प्यास मेटाउन राखिएको एउटा मसिन भएकी थिएँ । दरबार जत्रो घर छ, दुख केहिमा छैन सुख छ धनसम्पत्तिले पुरिन पुग्छ, तर यो ठुलो घरभित्रको अँध्यारो कोठाको कहानी कसले देख्ने ?

 

-सरिता अर्याल 

 

सन्तोषी, छोरी आज कलेज नजानु घरमै बस्नु राम्री बनेर आज तिम्रो बिहेको कुरा गर्न केटा पक्षबाट आउंदै हुनुहुन्छ, बाबाको यो बोलिसंगै म झसङ्ग भए । भर्खर बिद्यालय पढाइ सकी कलेज हिड्न थालेकी पखेटाको आकार फिजाउदै स्वतन्त्र रुपमा उड्न सिकेकी १८ बर्षे चंचल स्वभावमा फुर्केकी छु । बिहेको सपना पनि नबुनेकी अहिले नै मेरो बिहे कति उमेरकी भएर बाबा के म यति बोझ भइसके तपाईलाइ मलाई पराइघर पठाउन लागिसक्नु भयो यस्तै धेरै प्रश्न सोध्न मन थियो तर सकिन । कोठाभित्र छिरी रोएर बसे त्यसैबखतमा ममी आइपुग्नु भयो ममीको अँगालोमा बाधिएर ममी म सानै छु धेरै सपना बुनेकी छु पुरा गर्नु छ अहिले यो सबमा मलाई नफसाउनु मेरो उमेर भएको छैन रहर छैन बिबाह गर्नी । आमाको मन न हो छोरीको आसु देखेपछी आफुलाइ रोक्न सकिनन् तर छोरी छिटो तयार हुनु अव यो सबमा मेरो केहि लाग्दैन बाबाले निधो गरिसक्नुभयो उहाहरु आज आउदैहुनुहुन्छ । सहरदेखि फुपू दिदिपनि आइपुग्नु भयो मेरो कोठामा आई कति भाग्यमानि मेरो भदैनी खानदानी परिवारमा जादै छे भनि अँगालो हाल्नु भयो । ल अव म सृंगार गर्छु मेरी परिजस्ती भदैनीलाइ भनेर के के गर्नुभयो म कस्ती देखिएकी छु मलाइ केहि वास्ता लागेन म चुपचाप लागेर हेरिरहे ।

 

मेरा संगीसाथि भाडाकुटी खेल्दै रमाउदै भर्खर लाली गाज़ल लाउँन सिकेकी सुनौला सपना बुन्दै बुन्दै पाइला अघि बढाएकी, बिहेको लागि न मानसिक र न शारीरिक रुपमा परिपक्क भएकी थिए । सपनामा कहिलेकाही आउने गर्थ्यो आफुलाई मनपरेको मान्छेसँग आफै कमाउने भएपछी धुमधामले बिबाह गर्ने छु तर अहिले त म भर्खर १२ पढ़दै छु । आफैमा टोलाएछु… छोरी सन्तोषी कहाँ हरायौ बाहिर चिया लिएर आउ बाबाको बोलिसंङ्गै झसंगित हुदैँ फुपूले खै कसरि ठिक्क पारेकी थिइन् म चियाको थालि लिएर बाहिर निस्किए सबैलाई चिया दिईसकेर त्यहि बस्न लगाइयो । बाबाले छोरी मित्रलाल उहासँग नै हो तिम्रो बिबाह हुन् लागेको भनेर मलाई चिनाउनुभयो उहा करिब २८/२९ बर्षको उमेरको मोटो भद्दा सरिरसंगको मलाइ कतै लागेंन म उहासंग बिबाह गर्न सक्छु । त्यहाबाट जुरुक्क उठेर बाबा मलाइ उहा मनपरेंन म उहासंग लगन गाठोमा बाधिन सक्दिन आफुभन्दा १०/१२ उमेरले जेठो केटासंग म बिबाह गर्न तयार छैन भन्नु मन थियो तर सकिन यहाँ मेरो रोजाई हेरिएको थिएँन । फुपूले थपथाप गर्नुभयो कति भाग्यमानी मेरी भदैनी धनसम्पतिले कहिले दुख हुदैन लखपति हुनुहुन्छ, भकारी छ धनको दर्बार जस्तो घर छ, सहरमा सम्पति कति छ कति विदेश बसेर कमाएको धन केहि दुख हुदैन यसलाई सुनै सुनले पुरिन पुग्छ मलाइ अनुमान भयो यो बिबाहको प्रस्ताब मेरो फुपुबाट नै आएको हो । बाबापनि खुशी हुदैँ म धन्य छु मेरी छोरी यो घरमा दिदैछु कहिले दुख हुदैन यसलाई म धेरै खुशी छु भनेर बिबाह निधो गरियो ।

 

उहाहरुलाइ बिबाहको मिति छिनोफानो गरि बिदाई गरियो, अव म सोचमा हराउन थाले यस्तो सहन भन्दा त बरु भागिदिन्छु घरबाट तर कहा जाउ म भागि यो उमेरमा न म कहिँ कतै गएर सहारा पाउछु आफ्नो हातमा केहि सिप छैन गुनासो कोमाथि पोखुम ? यतिकैमा बाबा आइपुग्नु भएछ छोरी के भयो कहाँ हराएकी पिर नमान छोरी मैले भनेको जस्तै स्वर्गजस्तो घरमा बिबाह गराउदै छु तलाई केहि कुरामा कमि आउदैन मित्रलाल बाबु धेरै सहि हुनुहुन्छ । बाबा अहिले मलाई यो बिबाह गर्नी कुनै मन छैन म पढ्दै छु, धेरै सपना बुनेकी छु त्यो पुरा गर्नु छ, बाबा तपाईलाई फलानाको बाबा भनि चिनाउनु छ मेरो रहर सपनाको कसरि दाहासस्कार गरु बाबा ? अव धेरै नरुनु म यो सव रोकिदिन्छु तिमी आफ्नो सपना पुरा गर्नु, बिबाह आफ्नो इक्षाअनुसार गरुम्ला भनेर अँगालोमा बाधेर सम्झाउनु हुन्छ, यो त केवल मेरो एक कल्पना रह्यो बरु बाबाले उल्टै मलाई हेर्दा पनि नहेरी धेरै बोल्नी हैन अव तेरो’bout सोचेर नै मैले यो निधो गरेको हो यतिसम्म पढाईहाले अव जे जे गर्नु छ उतै गएर गर पढाउछु भनेकै छन अव त बिहेको तयारि गर तेरो बिबाह मैले मेरो खुशीले गर्न पाउछु बिबाह गर्दिन पाए ढुक्क हुन्छु, किन पिर मान्छेस भनेको जस्तो खानदानी घरपरिवारमा कन्यादान गरेर दिदैछु, आजबाट घर बाहिर निस्किदिनस भन्देको छु मैले यति भनेर उहा बाहिर निस्कनु भयो ।

 

मित्रलाल जी, केहि दिनपछि उहासंग मेरो बिबाह भयो, मन खुशी थिएँन तर अव सबैकुरा चाहेको मात्र हुदैन अव यहि मेरो जीवन हो भनेर नयाँ जिन्दगी सुरु गरे । गाउँघर चारैतिर छिमेकिसंग घुलमिल रहेकी सहरको कुना घरहरुको भिड ठुलो बिल्डिंग घरभित्र कसैकी श्रीमती, कसैकी बुहारि, कसैकी भाउजु त कसैकी माइजु अनेकौ बनेर भित्रिए । गाह्रो छ आफ्नो परिवारलाइ छाडी नयाँ परिवारसंग भिज्न यो उमेरमै धेरै जिम्मेबारी निभाएर बस्न, सायद मेरो अनुहारमा त्यो चमक नभेटेर होला मित्रलालजी मेरो सामु आइ कतै बाहिर जाउ आज भनि घुमाउन लग्नुभयो अनि कुरा गर्नुभयो । तिमी अव यसरी पिर मानेर भएन, म जाने दिन पनि नजिक आइसक्यो तिमी अझै राम्रोसंग बोलेकी छैनौ, म गएपछि तिमी सबै संग बस्नुपर्छ तिमीलाई जे लाउन खान चाहना छ सबै पुरा गरिदिन्छु केहीको कमि हुने छैन जीवन यहि त हो । राम्रो लाग्यो मित्रलालजीले मसंग कुरा गर्नुभयो, केहि समय दिनुभयो केहि कुरा गर्न पाए मैले, पढाइ निरन्तरता गर्ने प्रस्ताव पनि राखें उहाँले मन्जुरी जनाउनु भयो ।

 

म उमेरले परिपक्क भएकी थिइन् त्यसैले होला घरपरिवारमा मेरो कामदेखि कोहि पनि खुशी थिएनन् । केहि दिन नयाँ घर, नयाँ परिवार, नयाँ कुराजस्तै सवै राम्रो अनि मिठो लागिरहेको थियो । तर केहिदिनपछी मैले सबैको ब्यवहारमा फरक पाए, सासुआमाको लागि एक काम गर्न ल्याएको मानिस जस्तो, मलाइ नराम्रो लागेको छैन म बुहारी भइसके छोरी हुदाजस्तो कहा हुनु भनि चित्त बुझाउछु । मेरा पतिदेव श्रीमानजीका लागि उसको यौन प्यास मेटाउन राखिएको एउटा मसिन भएकी थिएँ । दरबार जत्रो घर छ, दुख केहिमा छैन सुख छ धनसम्पत्तिले पुरिन पुग्छ, तर यो ठुलो घरभित्रको अँध्यारो कोठाको कहानी कसले देख्ने ?

 

सबै कुरा जवरजस्ती चल्दै थियो यहाँ आजसम्म आमाको पिटाइ र चर्को बोलि नसुनेकी आज अरु कसैकि आमाबाट कुटिदै छे, दिनरात सम्पतिको धाक लगाउदै तलाई राज गर्न ल्याएको हो भनि घरको नोक्रानीसम्झने सासुको ब्यबहार । बिहान उठी ऐना हेर्दा मात्र थाहा पाउछु राति मसंगै भएको राक्षसले कहाँ कहाँ कसरी लुसेछ भनि । मैले नाइँ भनेर मनाही गर्नासाथ निस्कने उसका गाली ….किन म तेरो श्रीमान हो जे गर्न पनि पाउछु यसको लागि नमाननी भए मैले बिहे गरेको के अर्थ ? कि अरु नै कोहि छ तेरो ? र बच्चाको लागि म तयार छैन भन्दा निस्केका उसका तुच्चा बोली । म यो घरमा दिनदिन मरिरहेकी थिए अझै भनु त जिउदो लास बनेकी थिए ।

 

वरिपरि सबैतिर कति राम्रो कति भाग्यमानी केटी त्यस्तो घरबाट यस्तो राजदरबारमा बिहे भएको छ, सुनै सुनले धपक्क बलेकी कति खुशी छ फलानाको बुहारी फलानाकी श्रीमतीलाइ हेर केहीको कमि छैन । अनि मेरा आमा बाबु छोरीको भनेको जस्तो घरपरिवारमा बिहे भएको छ जिन्दगिभरि खुशी रहन्छे, ज्वाईसावले मैले कमाइहाल्छु किन उसले पढ्न पर्यो भनेर पढ्न पर्दैन भन्नु भएको रहेछ राजा जस्तो ज्वाई पाईएको छ हामी धन्य छौ । सबै आ आफ्नो पाटोबाट खुसि छन् तर म कथाकी मुख्य पात्र ठुलो घर एक अध्यारो कोठाभित्र, कालो जिन्दगी जिइरहेकी छु, न मेरो खुशी म आफ्नो लागि होइन अरुको लागि फरक फरक पात्र बनेर खुसि दिईरहेकी छु, म आफु दिनप्रतिदिन रनरन दन्किएको आगोको भुंग्रोमा जलीरहेकी छु……

 

कथा यतिमै सक्किएको छैन पुर्णबिराम दिन बाकी छ, सन्तोषी केहि दिनका लागि चुप छिन अबको कथा त्यहींबाट सुरु हुनेछ ।