गृह प्रवेशकालागि शुभ-अशुभ साइत

पूर्वमुखी गृहमा सूर्य आठौँ देखि पाचौँस्थान सम्म रहदा वाम हुन्छ।दक्षिण मुखी गृहमा पाचौँ स्थानमा सूर्य रहदा साथै पश्चिम मुखी गृहमा एघारौ स्थान देखि पाचौँ स्थानमा सूर्यदेव हुन्छन र गृह प्रवेशको समय सूर्य बाम हुन आवश्यक छ।

 

 

 

मनुष्यको मौलिक आवश्यकता मध्ये घर पनि प्रमुख आवश्यकतामा पर्दछ। रोटि कपडाको आवश्यकता पूर्ण भएपछी मानिसले घर तर्फ ध्यान केन्द्रित गर्दछ।आफ्नो स्वयमको भवन निर्माण गर्नु मनुष्यले सुन्दर सपना देखेका हुन्छन।यस्तो घर होस् त्यस्तो घर होस् यस्तो बनाउने त्यस्तो बनाउने होस् पनि किन नही आखिर त्यही घर हो जसले जाडो,गर्मी, वर्ष अनेक ऋतुबाट हामीलाई रक्षा गरेको हुन्छ।अर्थात् समग्रमा भन्नुपर्दा हामीलाई आफ्नो घर हुनु अति आवश्यक छ। घर निर्माण त हामी गरौला तर घर निर्माण हुना साथ हामी त्यसमा सरि हाल्न सक्दैनौ किनकि त्यसको लागि गृह प्रवेशको लागि चाहिने शुभ मुहुर्त साईत पनि घर जत्तिकै आवश्यक हुन्छ।

गृह प्रवेशको प्रकार

गृह प्रवेश मुख्यतः तिन प्रकारको हुन्छन अपुर्व,सपुर्व,एंव द्वद्व।नयाँ घरको प्रवेश गर्दा अपुर्व भनिन्छ।यात्रा पश्चात घर प्रवेश गर्दा सपुर्व भनिन्छ।जिर्णोद्वार गरि बनाएको घर प्रवेश गर्दा द्वद्व भनिछ।

महत्वपूर्ण तथ्य

गृह प्रवेशको सन्दर्भमा प्रस्तुत प्रकरण बाहेक निम्नवत महत्वपूर्ण तथ्यलाई पनि ध्यान राख्नु पर्दछ। पूर्वमुखी गृहमा सूर्य आठौँ देखि पाचौँस्थान सम्म रहदा वाम हुन्छ।दक्षिण मुखी गृहमा पाचौँ स्थानमा सूर्य रहदा साथै पश्चिम मुखी गृहमा एघारौ स्थान देखि पाचौँ स्थानमा सूर्यदेव हुन्छन र गृह प्रवेशको समय सूर्य बाम हुन आवश्यक छ ।

 

२.पुरानो घर वा अग्नि द्वारा जलेको घरलाई पुन माटो चुन आदिले सु सज्जित गरि कार्तिक श्रावण तथा मार्गशिर्ष महिनामा पुष्य ,घनिष्ठा एवं शतभिषा नक्षत्रमा गृह प्रवेश उत्तम रहन्छ ।

 

३. यजमानले दुवै हातमा जल चुर्णघट,पुष्प,दीप,पल्लव कुमारी कन्या पण्डित वा गाइको पदक्षीण तथा नमस्कार गरि गृह प्रवेश गर्दा उत्तम रहन्छ ।यस बखत गुरु ब्राह्मणद्वारा बेद पाठ होस् ,शंख ध्वनि बजाई मंगल ध्वनि गरि गृह प्रवेश गर्नु ।

 

४. पांच सौभाग्यवती स्त्री तथा पांच कुमारी एक एक कलस लिई अघि अघि हिड्नु साथै यजमान गृह स्वामीका परिवार सबै सदस्य पछि पछि हिड्दै गृह प्रवेश गर्ने ।

 

शुभ अशुभ मुहुर्त -गृह प्रवेश शुभ मुहूर्तमा गर्नुनै पर्छ ।त्यसका लागि शुभ मास,तिथि बार पक्ष नक्षत्र लग्न आदिको बर्णन गरिएको छ ।साथै अशुभ मुहूर्तको ’boutमा पनि बर्णन गरिएको छ ।

 

मास -माघ फागुन बैशाख एबं जेठ गृह प्रवेशको लागि उत्तम मानिएको छ । यस महिनामा गृह प्रवेश गर्दा सबै दृष्टिले लाभ मिल्छ ।कार्तिक तथा मार्गशिर्ष महिनालाई मध्यम मानिएको छ । आषाढ ,श्रावण भाद्र चैत्र आश्विन तथा पौश्लाऐ गृह प्रवेशको लागि उत्तम मानिदैन ।

 

बार-सोमवार,बुधवार ,गुरुबार तथा शुक्रवारलाई गृह प्रवेशका लागि शुभ मानिन्छ । तर मंगलवार,शनिवार र रविवारलाई राम्रो मानिंदैन ।

 

तिथि-प्रतिप्रदा ,चतुर्थी ,षष्ठी,अष्टमी,नवमी ,दशमी तथा चतुर्दशी लाई उत्तम मानिन्छ । एकादशी, द्वादशी,त्रयोदशी,औशी तथा पुर्णिमालाई गृह प्रवेशका लागि शुभ मानिदैन ।

पक्ष -बढ्दै गरेको चन्द्रमालाई उत्तम मानिन्छ साथै कृष्ण पक्षको घत्त्दै गरेको चंद्रमाली अशुभ मानिन्छ ।

 

नक्षत्र -तिनै उत्तर ,रोहिणी ,मृगशिरा ,चित्र ,अनुराधा ,घनिष्ठा,शतभिशा,पुष्य,हस्त ,अश्विनी तथा रेवती नक्षत्र शुभ यस बाहेकको नक्षत्र अशुभ मानिन्छ ।

 

लग्न-वृष,शिंह ,बृशिक,कुम्भ उत्तम मिथुन,कन्या ,धनु ,मध्यम साथै मेष ,तुला,कर्कट एवं मकर लग्नमा गृह प्रवेश अशुभ मानिन्छ ।