पर्खाल र पाकेको अङ्गुर

अगाडि बगैंचा छ । त्यहाँ उसले एउटा हात्ती आफ्नो सुँडले अङ्गुर टिपेर खाइरहेको देख्यो । हेर्दै लोभ लाग्ने खालका ठूलठूला अङ्गुरका दानाहरु । अग्लो जन्तु हात्ती अरुले हतपती नभेट्ने ठाउँको अङ्गुर आफ्नो सुँडले टिप्दै खाइरहेको देखेर फ्याउरोको मनमा एकसाथ दुइटा प्रतिक्रिया भयो ।

 

 

ध्रुव मधिकर्मी

 

भित्र बगैंचा छ र बाहिर पर्खाल ।
पर्खालले छेकेको छ बगैंचाभित्र पस्न । बगैंचाभित्र सुन्दर फूलहरु मात्र फुलेका थिएनन्, फलेका थिए विभिन्न थरिका लटरम्म फलहरु पनि ।

बगैंचा कसैको निजी थिएन । अतः बगैंचाभित्र पस्न सब लालायित थिए । तर कहीँ ढोका थिएन र कहीँबाट खुला पनि थिएन ।
चारैतिर पर्खाल थियो ।

एक दिन हावा चल्यो । धेरै ठूलो हावा चल्यो । सँगसँगै एक हूल मानिसहरुद्धारा त्यही मौकामा पर्खाल भत्काइयो र बाटो खुल्ला भयो । अब पर्खालभित्र हिंड्डुल गर्नलाई जो पनि स्वतन्त्र छ ।
पर्खाल भत्काउने कार्यमा अलि पछि परेको फ्याउरो आयो र पसेर उसले चारैतिर हे¥यो । उसलाई पर्खाल भत्काएको अलि नपुगेजस्तो लाग्यो । आफू पछि परेको हीनताबोघ छ छँदै थियो । अतः पर्खाल भत्काउनेहरुको यही कमजोरीलाई लिएर आलोचना गर्न थाल्यो ।
तर ऊप्रति कसैको ध्यान थिएन ।

अगाडि बगैंचा छ । त्यहाँ उसले एउटा हात्ती आफ्नो सुँडले अङ्गुर टिपेर खाइरहेको देख्यो । हेर्दै लोभ लाग्ने खालका ठूलठूला अङ्गुरका दानाहरु । अग्लो जन्तु हात्ती अरुले हतपती नभेट्ने ठाउँको अङ्गुर आफ्नो सुँडले टिप्दै खाइरहेको देखेर फ्याउरोको मनमा एकसाथ दुइटा प्रतिक्रिया भयो ।

एउटा – हात्तीप्रति असंख्य इर्श्या ।
अर्को – आफूले मात्र किन टिपेर नखाने ।
उसले अङ्गुरको बोट देख्यो । उसलाई पनि अङ्गुर टिपेर खाने इच्छा भयो र साथै भोक लागेको अनुभव पनि हुन थाल्यो ।

त्यो उफ्र्यो । तर अङ्गुरसम्म अलि पुगेन । फेरि उफ्र्यो । अझै अलि छोएन । फेरि उफ्र्यो । झन्डै छोला छोला जस्तो भयो । फेरि प्रयास ग¥यो । यसपालि अङ्गुर छोइयो मात्र तर टिप्न सकेन । अङ्गुरको स्पशृ मात्रले पनि स्वादसरहको काम दिएझैं लाग्यो । लोभ जाग्यो । त्यसैले फेरि उफ्र्यो .. फेरि .. ।
निकै बेर प्रयास गर्दा पनि ऊ सफल हुन सकेन ।

अलि पर अन्य केही जीवहरु पनि बगैंचाभित्र रमाई रमाई अङ्गुर लगायत अन्य विभिन्न किसिमका फलहरु भोजन गरिरहेका थिए । यसो हेर्दा ’em भर्खर पर्खाल भत्काउने कार्य सकेर पसिना सुकाउँदै आराम लिंदै खाँदै बसिरहेका झैं देखिन्थे ।

आफू अलि पछि परेकोमा फ्याउरोलाई भित्रभित्रै अप्ठ्यारो अनुभव भयो । तर उसले आफूभित्रको कुरालाई बाहिर आउन दिएन।
उसलाई सारै असह्य भयो ।

यसै बेला ’emले फ्याउरोलाई देखे र बोलाए ।
आऊ, फ्याउरो भाइ, अङ्गुर खान्छौ ?, ’emले सोधे ।
यति सोध्नु के थियो, फ्याउरोको भाउ एकाएक बढिहाल्यो । उसले आफूलाई ठूलो बनाउँदै गर्वोन्नत स्वरमा भन्यो – वास्तवमा कामै सकिएको छैन । त्यसैले यति बेला अङ्गुर खानु सर्वथा अनुचित हो । मलाई लाग्छ यति बेला अङ्गुर अवश्य अमिलो हुनेछ ।
खाएर त हेर । , कसैले भन्यो ।

अहँ । खाएर हेर्नै पर्दैन, हेरेरै पनि भन्न सकिन्छ ।, उसले ठाडो जवाफ दियो ।
त्यसपछि ’emले फ्याउरोलाई ध्यान दिन छोडे । फल टिपेर खानमै लागे ।

उसले हात्ती लगायत अन्य जीवहरुलाई उपेक्षापूर्वक हे¥यो र केही नलागेपछि एक्लै पर्खाल भत्काउन नपुगेको र अङ्गुर अमिलो भएको विषयमा भाषण दिन थाल्यो – अङ्गुर पाक्ने बेला भएकै छैन र हामीले पूरै पर्खाल भत्काएकै छैनौं । अझै यहाँभित्र आउँदा पर्खालमा अड्कने , ठोकिने सम्भावना छ । त्यसैले पर्खाल पूरा नभत्काएसम्म अङ्गुर पाकिसक्ने छैन ।

ठूला साना जीवहरु पर्खाल भत्काइसकेको ठाउँबाट बिना अवरोध ओहोरदोहोर गरिरहेका थिए । ऊ भने बाटोमा बसेर एक्लै फतफताइरह्यो । फतफताइरह्यो ।