कालसर्प योग द्वारा प्राप्त फल

पाँचौ देखि एघारौ स्थानद्वारा बन्ने कालसर्प योगले जातकको बुद्विमा सिधा प्रहार गर्छ।

 

 

हाम्रो कुण्डलीमा विभिन्न योगको वर्णन ज्योतिष शास्त्रले प्रदान गरेको छ।ति योगहरु शुभ पनि छन् अशुभ पनि छन्।तिनै योग मध्ये एक योगलाई ज्यादै महत्वका साथ वर्णन गरेको भेटिन्छ।यो योगलाई समय समयमा विभिन्न ज्योतिष विद्वानहरुले आ-आफ्नो किसिमले व्याख्या गरेको पाइन्छ । त्यो योगको नाम हो कालसर्प योग र मा आज यसै सन्दर्भमा विभिन्न भाव द्वारा निर्माण हुने कालसर्प योगले के कस्ता प्रभाव मनुष्यको कुण्डलीमा पर्दछ,त्यसको ’boutमा चर्चा गर्ने छु।

१) प्रथम भाव र सप्तम भावको बीच बन्ने कालसर्प योगले जातकको जीवनमा प्राप्त हुने उन्नति विकासमा सिधै नकारात्मक प्रभाव पर्दछ।यस कुयोगका कारण जातकले जन्म देखि नै संघर्ष गर्नुपर्दछ।यो संघर्ष लगभग ४८ वर्षसम्म भोग्नु पर्छ।यस योगको कारण जातकको शिक्षा वैवाहिक जीवन भाग्य आदिमा कुप्रभाव पर्न जान्छ।जातकले १०० प्रतिशत मेहेनत गर्दा पनि मात्र ५० वा ६० प्रतिशत मात्र फल प्राप्त गर्न सक्छ ।

२) दोस्रो भाव र अष्टम भाव बिचको बन्ने कालसर्प योगले जातकलाई पारिवारिक कष्ट,आर्थिक कष्ट ,खाने मुखको कष्ट ,रोग आदि प्रदान गर्छ।यस्तो जातकको पालन पोषण स्व परिवारमा नभई अन्त स्थानमा हुन्छ।यदि परिवारमै भएपनि परिवार सित सधैँ जातकको विवाद भैरहन्छ।आर्थिक अभाव ,कष्ट रोगले घेरिरहन्छ कहिल्यै छोड्दैन । निराशा पूर्ण जीवन बच्नु पर्छ।यसै मध्ये केहि जातक अट्याशी स्वभावका हुन्छन ।आफ्नो कम वाशना शान्त गर्न धन बर्बाद गर्छन।यिनीहरुलाई अनेक रोग लाग्छ।५० वर्ष पछि धेरै दुख बढ्छ।जातकको शारीरिक शक्ति कमजोर हुन्छ।यिनीहरु झगडालु स्वभाव अपशब्द वचनको प्रयोग गर्ने हुन्छन ।

३) तेस्रो भाव र नवम भावको मध्ये बन्ने कालसर्प योग जातकलाई दाजु भाई मित्र बीच शत्रुता प्रदान गर्छ।यस्ता जताकले केहि कार्य गर्दैनन् बेमतलबको भाषण दि रहन्छ ।यिनी आफुले गरेको कार्य द्वारा बदनाम हुनुको साथै अल्छी लापरवाही अव्यावहारिक हुन्छन।जुनकार्य गरेपनि गरेपनि हानी गर्छन ।

४) चौथो र दशम भावमा बन्ने कालसर्प योगद्वारा जातकलाई मात्र समस्या नभई माता पितालाई समेत यसले प्रभावित गर्छ। अत :यस योगले सम्पुर्ण परिवारलाई पिडित बनाउछ। जातकको सम्बन्ध माता पिता दुवै संग खराब हुन्छ।तथा माता पिताको पनि आपसमा सम्बन्ध राम्रो रहदैन।माता पिता रोगि दुखि निम्न स्तरको सोच भएका हुन्छन।यस जातकका माता पिताले सुख सम्पन्ता प्रगति प्राप्त गर्नु भनेको फलामको चिउरा चपाउनु सरह हुन्छ।अभाव तथा दरिद्र जीवन बिताउन बाध्य हुनु पर्छ ।

५) पाँचौ देखि एघारौ स्थानद्वारा बन्ने कालसर्प योगले जातकको बुद्विमा सिधा प्रहार गर्छ।यस्ता जातक धेरै जसो अनपढ कुबुद्वी अथवा अल्पबुद्वी निम्न स्तरको सोंच भएका बौद्विक शक्ति हिन वा धुर्त बुद्वि स्वार्थी मुडी सन्तानहिन वा सन्तान पिडित आर्थिक अवस्था कमजोर चाहिने नचाहिने कार्य गरि धन कमाउने धोखेवाज चालबाज हुन्छन।सिधा सिधा कामद्वाराधन आर्जन गर्न यिनीहरुलाई मन पर्दैन।गलत बाटो यिनलाई प्यारो हुन्छ।

६) शष्ट भाव र द्वादश भाव द्वारा बन्ने कालसर्प योग ज्यादै घातक विनाशकारी मानिन्छ।यदि राहु केतु आफ्नो शत्रु राशी वा निच राशी अथवा पापी राशीमा पाप प्रभावमा स्थित छ बने आफ्नो कुकर्म द्वारा जेल यात्रा गर्नु पर्ने हुन्छ।जातकलाई हित गर्ने तथा मित्रको संख्या ज्यादै न्यून हुन्छ ।

शत्रु तथा विरोधी अत्याधिक हुन्छन । यस्ता जातकले अपराधको दुनियामा नाम कमाउछ्न (जुल्मका बादशाह) भन्या जस्तै हुन्छन।लामो समयसम्म लाग्ने रोगले घेर्छ।यस्ता जातकले जीवनमा निकै उतार चडाउ देख्छन। यदि राहु केतु शुभ राशी वा शुभ प्रभावमा छ भने यिनीहरु अत्यन्त पराक्रमी शक्तिशाली हुन्छन । पछि गएर यिनीहरु आध्यात्म तिर अग्रसर हुन्छन।साथै यिनीहरुलाई मन्त्र तन्त्र, धर्म कर्म साथै तान्त्रिक शक्ति र सिद्वी प्राप्त भै सफल हुन्छन ।