राहुको नक्षत्र र त्यसको प्रभाव

राहुले मनुष्यलाई शनि बुध तथा शुक्र तिनै ग्रहको बिशेषता तथा अवगुण प्रदान गर्दछ । पूर्वजन्म तथा यस जन्ममा गरेको कर्मको फल प्रदान गर्ने सामर्थ्य राहुमा हुन्छ।जीवनमा धर्म अर्थ काम मोक्षको प्राप्ति राहु केतु द्वारा नै पाइन्छ । अतः पुरुषार्थ प्राप्तिको लागि राहु केतुले मार्ग निर्देशन गराउछ।

 

 

 

ज्योतिष शास्त्रले यस ब्रह्माण्डमा सत्ताइस नक्षत्रको बर्णन गरेको छ र यो सत्ताइसको विभिन्न नामकरण पनि गरिएको छ। सबै नक्षत्रको भिन्न-भिन्नै प्रकृति स्वभाव र त्यसको प्रभावको ’boutमा पनि स्पष्ट रुपले बर्णन गरिएको हामीले पनि जान्न सक्छौ।यस सन्दर्भको महत्वपूर्ण बिषय भनेको यसै सत्ताइस नक्षत्र भित्रै प्रत्यक मनुष्यको जन्म भएको हुन्छ।त्यस व्यक्तिको जीवनमा उक्त नक्षत्रको पूर्ण प्रभाव परेको हुन्छर आज म यसै सन्दर्भमा राहुको नक्षत्रको ’boutमा बर्णन गर्ने प्रयत्न गर्दछु।

राहुका तिन नक्षत्र हुन्छ

१)आद्रा २)स्वाती ३)शतमिशा

आद्रा नक्षत्रको आकृति मणि जस्तो हुन्छ । स्वतिको आकृति मुंगा जस्तो हुन्छ । तथा शतमिशाको आकृति गोलो हुन्छ ।

 

आद्रा नक्षत्र
आद्रा नक्षत्रमा जन्म लिने व्यक्ति मस्त स्वभावको व्यर्थ बोल्ने बकवास गर्ने कुरौटो स्वभावको हुन्छ।यिनीहरुमा दया भाव कम हुन्छ । यिनीहरुले आफ्नो अल्प बुद्विका कारण ठुलो नोक्सान गरीरहन्छन । यिनीहरु स्त्री भए पति भक्त पुरुष भए पत्नी भक्त हुन्छन । एक अर्कालाई आखाँ चिम्लेर बिस्वाश गर्दछन । यिनीहरुको कहिल्यै स्थिर हुदैन । यिनीहरुले देवता पनि एकनास मान्दैनन । यिनको भक्ति पनि कहिले कुन त कहिले कुन देव भगवान प्रति पनि यिनीहरुको विश्वास बदलिरहन्छ।यिनको वाणीमा दोष मानिन्छ । यस नक्षत्रको स्वामी देव शिव हो ।

 

स्वाती नक्षत्र
स्वाती नक्षत्रमा जन्म लिने व्यक्ति धार्मिक,दयालु सौन्दर्य सुन्दर हुन्छन । यी जातकले आफ्ना माता पिता र गुरुको आदर सम्मान गर्ने हुन्छन मधुर हंश मुख स्पष्ट वक्ता क्रोध गर्ने तथा धर्म कर्ममा आस्था राख्ने हुन्छन । यिनले जीवनमा बिस्तारै बिस्तारै राम्रो प्रगति गर्छन । यो नक्षत्र भएका व्यक्ति अरुलाई सल्लाह परामर्श दिने काममा प्रविन हुन्छन । नितिवाद तथा कुशल राजनीतिज्ञ हुन्छन । तर यिनीहरुले जीवनको अन्तिम समय कष्टम व्यतित गर्छन । पेटको रोग रक्त सम्बधि रोग बवासिर आदि रोगले ग्रसित हुन्छन । आफ्नो मेहेनतले उच्चता प्राप्त गर्छन ।

 

शतमिशा नक्षत्र
यस नक्षत्रमा जन्म लिने व्यक्ति चतुर निर्णय क्षमता कुशल र साहसी हुन्छन।कठोर विचार भएका हुन्छन । यिनीहरुले सिमित विधाहरु प्राप्त गर्छन । उच्च विधा प्राप्तमा यिनीहरुलाई कठिन हुन्छ । तथापी यिनीहरु राम्रो वक्ता ज्योतिष तथा गुढ बिषयमा रुचि राख्ने स्वभावका हुन्छन । यिनीहरुलाई असल मार्ग दर्शनको अति आवश्यक हुन्छ । अर्थात् यिनको जीवनमा एक गुरुको परम आवश्यकता हुन्छ । यस नक्षत्रका जातक कुनै पनि आर्य छिटो छिटो र हडबडमा गर्छन । यसो गर्दा यिनले कार्य राम्रो गर्न सक्दैनन् । तथा थोरै सफलतामा यिनको घमण्डले आकाश छुन्छ । खान पनमा पनि यिनको नियन्त्रण हुदैन अतःयिनीहरु पेटको रोगि तथा पित्त रोगको प्रकोपले दुखि हुन्छन ।तर पनि यिनीहरुले संघर्ष गरि जीवनमा सफलता प्राप्त गर्छन ।

 

राहुले मनुष्यलाई शनि बुध तथा शुक्र तिनै ग्रहको बिशेषता तथा अवगुण प्रदान गर्दछ । पूर्वजन्म तथा यस जन्ममा गरेको कर्मको फल प्रदान गर्ने सामर्थ्य राहुमा हुन्छ।जीवनमा धर्म अर्थ काम मोक्षको प्राप्ति राहु केतु द्वारा नै पाइन्छ । अतः पुरुषार्थ प्राप्तिको लागि राहु केतुले मार्ग निर्देशन गराउछ।

[email protected]

977-9849428414