ग्रह र दान, ग्रह र देव

 

ज्योतिषले दान द्वारा पाप नाश गर्न सकिन्छ भन्ने मान्यता राख्दै आएको छ।दान पनि सम्बन्धित ग्रह अनुसार भिन्न भिन्न जो वस्तु जुन ग्रह सित सम्बन्धि राख्दछ।उपर्युक्त ग्रहको सम्बन्धित सामग्री वस्तुको दान गर्ने व्यवस्था वर्णन गरिएको छ।यसै सन्दर्भमा म आज यहाँहरुलाई ग्रह अनुसार सम्बन्धि वस्तुका ’boutमा साथै कुन ग्रहका लागि कुन देवको पुजा गर्दा पाप नाश भइ जीवनमा शुभ तथा अनुकुलता प्राप्त गर्न सकिन्छ।

सुर्य :-माणिक्य,स्वर्ण,तामा,गँहु,गुण आदि

चन्द्रमा :-मोति,सिप,चाँदी,शंख,जल,दुध,चामल

मंगल :-मुगां,तन्दुरमा पकाएको गुलियो रोटि खैडी,बताशा,मसुरो दाल

बुध :-पन्ना,गेडा मुङ्ग,फर्सी,बाख्रा,हरियो वस्त्र

बृहस्पति :-पुष्पराज,केसर,चना दाल,पिपल,बेसार,सख्खर,पहेंलोपुष्प

शुक्र :-हिरा, रेशमी कपडा,ध्यु,मलाई,खुवा,सेतो चन्दन,दहि,चिनी,सेन्ट

शनि :-निलम,फलाम,छाला,पत्थर,खेत,काग,चिम्टा,पौवा,भैसी,सर्सोको तेल,रक्सि मदिरा,तिल

राहु :-गोमेद,नरिवल,मुला,सर्सो,निलम,कोइला,खोटो,पैसा

केतु :-कुकुर,कालो सेतो रंगको गाई,दुइ रंगको कम्बल

 

कस्तो व्यक्तिलाई कुन ग्रहको दान गर्दा पूर्ण फल प्राप्त हुन्छ यस प्रकार छ:

१)सुर्यको दान कुनै राजपुरुषलाई आइतबार मध्यान्नमा

२)चन्द्रमाको दान सोमबार साँझ कुनै वैश्य स्त्रीलाई

३)मंगलको दान मंगलबार कुनै ब्रह्मचारी युवकलाई दिउसोको समयमा

४)बुधको दान बुधबार प्रात:कुनै छात्रलाई

५)वृहस्पतिको दान विद्वान ब्राह्मणलाई प्रात:कालिन

६)शुक्रको दान शुक्रबार साँझ युवतीलाई

७)शनिको दान कुनै बुढो निर्धन,निर्बल व्यक्ति यदि यस प्रकारको स्त्री भए झन् उत्तम

८)राहुको दान कुनै कोरी कुस्टरोगिलागि

९)केतुको दान कुनै युवा पुरुषलाई

 

प्रत्यक ग्रहको दान सम्बन्धित ग्रहको घेरामै गर्नु पर्छ।अनि मात्रै उक्त ग्रह दानको फल प्राप्त गर्न सकिन्छ।

 

ग्रह अनुसार देव पुजन:

१)सुर्य देवलाई प्रसन्न गर्नका लागि भगवान विष्णुको पुजा तथा हरिवंश पुराण कथा वाचन गर्नु पर्छ।

२)चन्द्र देवलाई प्रसन्न गर्नका लागि शिव उपासना गर्नु पर्छ।

३)मंगल देवलाई प्रसन्न गर्न हनुमानको पुजा उपसना गर्नु पर्छ।

४)बुध देवलाई प्रसन्न गर्न दुर्गा पुजा सप्तशती पाठ गर्नु पर्छ।

५)बृहस्पति देवलाई प्रसन्न गर्नका लागि ब्रह्माजिको पुजा गर्नु पर्छ तथा सन्तान प्राप्ति गर्नु पर्ने भएमा हरि पुजा गर्नु पर्छ।

६)शुक्र देवलाई प्रसन्न गर्नका लागि श्री लक्ष्मी जिको पुजा गर्नु पर्छ।

७)शनि देवलाई प्रसन्न गर्नका लागि भैरव भगवानको पुजा गर्नु पर्छ।

८)राहु देवलाई प्रसन्न गर्नका लागि भैरव पुजा महामृत्यु जय मन्त्र जप गर्नु पर्छ।

९)केतु देवलाई प्रसन्न गर्नका लागि भगवान श्री गणेशको पुजा आरधना गर्नु पर्छ।

यदि हामीले उपर्युक्त नियमलाई पालना गर्न सक्यौ भने आफ्नो ग्रह दोषलाई शान्ति गरि पुण्य फलको लाभ प्राप्त गर्न सक्छौ।