भाव-परिचय
कुण्डलीमा कुल बाह्र भाव हुन्छन तर यी बाह्रै भावको फल अलग अलग हुन्छ।तसर्थ सबै जातकले आफ्नो जीवनको फल कुण्डलीको यहिँ बाह्र भाव अनुसार भोग्ने गर्नु पर्छ।मानौं कुनै पनि कुण्डलीमा माथिको बिचमा रहेको कोठालाई प्रथम भाव भनिन्छ।साथै लग्नेस पनि भनिन्छ।यसको स्वामी मंगल ग्रह र राशी मेष हुन्छ।जो यस प्रकार हुने गर्दछ:-
१)केन्द्र :- १,४,७,१० भाव (कोठा)
२)आपोक्लिम :- ३,६,९,१२ भाव (कोठा)
३)त्रित्रीकोण :- ९ भाव (कोठा)
४)उपचय :- ३,६,१०,१२ भाव (कोठा)
५)कण्टक :- १,४,७,१० भाव (कोठा)
६)पणफर स्थान :- २,५,८,११ भाव (कोठा)
७)त्रिकोण :- ५,९ भाव (कोठा)
८)चतुस्त्र :- ४,८ भाव (कोठा)
९)पीडक्ष :- १,२,४,५,७,८,१५ भाव (कोठा)
माथि भाव अर्थात् कोठाको विशिष्ट स्थान तथा नामलाई स्पष्ट उल्लेख गरिएको छ।अब प्रत्येक भाव अर्थात् कोठालाई अझ स्पष्ट पर्दैछु।
१)प्रथम भावलाई लग्न भनिन्छ।साथै त्यसको स्वामीलाई लग्नेश भनिन्छ।
२)द्वितीय भावलाई धनेश र स्वामीलाई द्वितियस भनिन्छ।
३)तेस्रो भावलाई पराक्रमेश र स्वामीलाई तृतीयश भनिन्छ।
४)चौथो भावलाई सुस्वेश तथा स्वामीलाई चतुर्थेश भनिन्छ।
५)पाचौं भावलाई पंचम र स्वामीलाई पंचमेश भनिन्छ।
६)छैटौं भावलाई षष्ठ स्वामीलाई षष्ठेश भनिन्छ।
७)सप्तम भावलाई सप्तम र स्वामीलाई सप्तमेश भनिन्छ।
८)आठौँ भावलाई अष्ठम र स्वामीलाई अष्ठ्मेश भनिन्छ।
९)नवम भावलाई भाग्येश र स्वामीलाई नवमेश भनिन्छ।
१०)दशम भावलाई कर्मेश स्वामीलाई दशमेश भनिन्छ।
११)एघारौं भावलाई एकदश तथा स्वामीलाई एकददेश भनिन्छ।
१२)बाह्रौ भावलाई व्यय भनिन्छ स्वामीलाई द्वादशेश भनिन्छ।
अझ भावलाई स्पष्ट तरिकाले बुझ्न साहायक हुने र यस नाम र संज्ञाबाट योगलाई बुझ्न अझ सरल हुने पर्याय नाम यस प्रकार रहेको छ।
१)प्रथम भावको स्वामी लग्नेश,केन्द्रेश,लग्न स्थान
२)दोस्रो भावको स्वामी धनेश,साहायक,मर्केश,द्रव्य स्थान
३)तेस्रो भावको स्वामी पराक्रमेश,बन्धबेश,बन्धु स्थान
४)चौथो घरको स्वामी सुखेश,मात्रेश,मातृ स्थान
५)पंचम भावको स्वामी पंचमेश,संतानेश,विधाधिश,सन्तान स्थान
६)छैटौं भाव स्वामी कष्टेश,रोगेश,रोग स्थान,शत्रु स्थान
७)सातौं भावको स्वामी सप्तमेश,जायेश,कलत्र स्थान
८)अठौ भावको स्वामी मृत्युयश,भारकेश,भारक स्थान
९)नवौ भावको स्वामी कर्मेश,भग्मेश,भाग्य स्थान
१०)दशम भावको स्वामी राज्येश,राज्यपदेश,राज्य स्थान
११)एघारौ भावको स्वामी आयेश,आय स्थान
१२)द्वादश भावको स्वामी व्ययेश,व्यय स्थान
हामीले आफ्नो चिनामा माथि उल्लेख भए अनुसार स्वयम पनि प्रत्येक भावलाई कोठालाई भावको संज्ञा अनुसार बुझी त्यसको फलादेश थाहा पाउन सक्छौ