ज्योतिषमा योग तथा फल

केन्द्र स्थानको स्वामी तथा त्रिकोण स्थानको स्वामीको एक आपसमा सम्बन्ध भयो भने त्यसलाई राज योग भनिन्छ।

 

 

ज्योतिष शास्त्र एउटा यस्तो बिज्ञान हो जसको गहिराई नाप्न सकिदैन।यस शास्त्रले राशी ग्रह नक्षत्रको ’boutमा अनन्यादी वर्णन व्याख्या गरेको छ।उक्त व्याख्या वर्णन जति गरेपनि पूर्ण हुदैन।यद्यपि आज म केहि योग तथा फलको ’boutमा चर्चा गर्ने छु।

 

राज योग:-दुइ ग्रहको एकआपसमा सम्बन्ध हुँदा राज योग बन्छ।यस्तो सम्बन्ध चार प्रकारका हुन्छन युति,समसप्तक,परिवर्तन,तथा दृष्टि ।

 

१)दुई ग्रह एउटा राशिमा हुँदा युति योग हुन्छ।

 

२)दुई ग्रहले एक अर्कालाई आपसमा हेर्दा समसप्तक योग हुन्छ।

 

३)दुई ग्रह एक अर्काको घरमा बस्दा परिवर्तन योग हुन्छ।

 

४)एक ग्रहमा कुनै अर्को ग्रहको दृष्टि पर्दा दृष्टि योग हुन्छ।

ऋषि पराशरको मत अनुसार राजयोग

 

१)त्रिकोण अर्थात् पंचम तथा नवम स्थानलाई लक्ष्मी स्थान भनिन्छ।केन्द्र स्थान अर्थात् लग्न,चतुर्थ,सप्तम एवम दशम स्थानलाई विष्णु स्थान भनिन्छ।तसर्थ केन्द्र स्थानको स्वामी तथा त्रिकोण स्थानको स्वामीको एक आपसमा सम्बन्ध भयो भने त्यसलाई राज योग भनिन्छ।

 

लग्नेश :-बाट बन्ने राज योगले सम्पति सुख,दिर्घायु सन्तान सुख,पति पत्नी बिचको सुख प्राप्ति हुन्छ।

 

चतुर्थ:-स्थानबाट बन्ने राज योगले उच्च शिक्षा,विद्वान,घर,जग्गा,गाडी सुख प्राप्त हुन्छ।

 

सप्तम:-स्थानबाट बन्ने राग योगले धनि,भाग्यमानी,स्त्री प्राप्ति,श्रीमतीबाट सुख ऐश्वार्य प्राप्ति स्वतन्त्र व्यापारमा साथै समझदारीमा लाभ अत्यनतम

 

ऐश्वार्य एवम सुख प्राप्ति

दशम:-स्थानबाट बन्ने राज योगले उच्चाधिकार कृतिमान सम्मान राज्य द्वारा विशेष सम्मान प्रसिद्वको प्राप्ति

 

महायोग:-केन्द्र स्थान,त्रिकोण स्थान,धन स्थान,तथा लाभ स्थानलाई शुभ स्थान मानिन्छ।यदि यो स्थानको स्वामी एक अर्काको स्थानमा छ भने यसलाई परिवर्तन योग भनिन्छ।यस योगलाई महा योग पनि भनिन्छ।

 

धन योग:-लग्नेश तथा लामेश स्वगृही उच्चको वा केन्द्रमा वा एक अर्काको स्थानमा तथा त्रिकोणमा छ भने धन योग बन्छ।यो अत्यन्त्र उच्चको योग मानिन्छ।भाग्येश वा पंचमेश धन स्थान वा लाभ स्थानमा छ भने पनि धन योग बन्छ।

 

कालसर्प योग:-राहु तथा केतुको बिचमा सबै ग्रह छ भने कालसर्प योग बन्छ। यस योगले कुण्डलीको सबै राम्रो तथा महत्वपुर्ण योगको फललाई अबरुद्व गर्छ।

 

बक्री ग्रहको फल:-ग्रह बक्री हुनु भनेको उल्टो हिड्नु होइन सुर्यको अघि पछि भ्रमण गर्दा सबै ग्रहको भ्रमण मार्ग र गति अलग हुन्छ।जब ग्रह आफ्नो तिब्र गतिको कारण अन्य ग्रहलाई पछि छोडी अगाडी बढ्छ यस्तो अवस्थालाई अतिचार गति भनिन्छ।साथै मन्द गतिमा ग्रह पछाडी आएको भान हुन्छ।

 

यस्तो स्थितिलाई बक्री भनिन्छ।कुनै ग्रह समान गतिको कारणले स्थिरमान हुन्छ भने यो अवस्थालाई स्थिर वा अस्त भनिन्छ।शनि,बृहस्पति,मंगलको अगाडी सुर्य पंचम स्थान सम्म रहदा शनि,मंगल,बृहस्पति बक्री हुन थाल्छन।सुर्य नवम स्थानमा जाँदा सम्म बक्री हुन्छ।

 

त्यस पछि मार्गी हुन्छन।यो साधारणतया साढे चार महिना सम्म बक्री रहन्छ। बक्री ग्रहले आफ्नो उच्च राशी जस्तै फल प्रदान गर्दछ।यदि बक्री ग्रह शत्रु राशी वा निच राशिमा छ भने बक्री बलको कारण यसले उच्चको फल प्रदान गर्दछ।

 

अशुभ स्थानबाट पर्ने दुर्बलतालाई नाश गर्छ।लग्नेश,भाग्येश पाप ग्रह भएता पनि शुभ फल प्रदान गर्छ।बक्र बेलको कारण अशुभ देखिने कुण्डली पनि प्रत्यक्ष फलितको दृष्टिले उच्च श्रेणीको हुन्छ।सुर्य तथा चन्द्र कहिले बक्री हुदैन।ज्योतिष शास्त्र एवम रोगको सन्दर्भमा बक्री ग्रहको अत्याधिक महत्व हुन्छ।