साँघुरो गल्लीमा

आज ऊ घरमै छ । बिहान उठेदेखि टाउको भारी भइरहेछ । शरीरमा उठ्ने ताकत छैन । रिङटा लागिरहेको छ । पेट पनि बेसकन दुखिरहेको छ । बिहान उठेर बाहिर निक्लूँ भनेर उठेर ढोकासम्म पुगेको पनि हो । तर त्यसपछि खुट्टा उचाल्नै सकेन । जीउ कामेजस्तो भयो । लड्ला लड्ला जस्तो भयो । अनि आएर ओछ्यानमा ढलेको ढल्यै छ ।

 

 

ध्रुव मधिकर्मी

यता केही दिनदेखि उसको स्वास्थ्य ठीक छैन । टाउको भारी जस्तो, रिङटा लागेर ढल्ला जस्तो, पेट हुँडलिएर खाएको बाहिर निक्लला जस्तो भित्र कताकता अप्ठ्यारो जस्तो भइरहेछ । खान त्यति मन लाग्दैन । हुन त उसले कम खान थालेको धेरै भयो । उसलाई खानमा भन्दा पिउनमा मजा आउने । साथीहरु पनि त्यस्तै । पिउन भनेपछि मरिहत्ते गरेर पिउने । जाँड खाएर एक प्रकारको उत्तेजनामा बाँच्ने उसको दिनचर्या जस्तै भइसक्यो ।

 

अचेल उसको अधिकांश समय पिउनमै बित्छ । बिहान उठेर बाहिर निस्केपछि उसको पाइला सरासर हरिचाको भट्टी भएतिरकै बाटोमा सोझिन्छ । हरिचाको भट्टीमा बिहान चिया पाक्छ भने दिउँसादेखि चिया पिउने गिलासमा चिसो पदार्थले ठाउँ लिन्छ । तर कतिपय परिचित ग्राहकका लागि भने बिहानै पनि वास उपलब्ध हुन्छ । ऊ पनि हरिचाको भट्टीको परिचित ग्राहकमै गनिन्छ । त्यसैले शुरु शुरुमा उसलाई चिया प्राप्त हुन्थ्यो भने अचेल त बिहानदेखि नै ऊ पुग्नासाथ गिलासमा वास आइपुग्छ । हरिचालाई थाहा छ छ्याकचालाई बिहानैदेखि वास चाहिन्छ ।

 

केही दिनदेखि उसलाई अलि बिसंचो अनुभूति भइरहेको छ । आफैलाई कमजोर अनुभव भइरहेको छ । भोक लागे जस्तो हुने तर खान नसक्ने । त्यही भएर ऊ हरिचाको पसलमा पुग्नासाथ खानेकुरा कम वास बढी पिउन थालेको छ । कुनातिरको बेञ्चीमा बस्या,े जाँड पियो र एक्लै झोक्र्याएर बस्यो । उसलाई कोहीसंग बोल्न पनि मन लागेको छैन । आफूमाथि भएका घातहरु मात्र दिमागमा आइरहन्छन् । त्यही घातहरु गनेर बस्यो र आफैदेखि मुर्मुरियो । कसैले केही भन्यो कि त्यसैत्यसै रीस उठ्छ । झम्टेर काँचै निलुँला जस्तो हुन्छ । त्यसैले ऊ सकेसम्म कसैसंग बोल्न चाहँदैन ।

 

उसको प्राय समय बाहिरै बित्छ । घरमा एकछिन पनि बस्न मन लाग्दैन । घरमा बसेर पनि के गर्ने ? कसका लागि बस्ने ? को छ र उसको यस घरमा, जसले उसलाई घरमा बस्न उसलाई बाध्य पारोस् अथवा बस्नलाई आग्रह गरोस् ।

 

आज ऊ घरमै छ । बिहान उठेदेखि टाउको भारी भइरहेछ । शरीरमा उठ्ने ताकत छैन । रिङटा लागिरहेको छ । पेट पनि बेसकन दुखिरहेको छ । बिहान उठेर बाहिर निक्लूँ भनेर उठेर ढोकासम्म पुगेको पनि हो । तर त्यसपछि खुट्टा उचाल्नै सकेन । जीउ कामेजस्तो भयो । लड्ला लड्ला जस्तो भयो । अनि आएर ओछ्यानमा ढलेको ढल्यै छ ।

 

एकछिन आराम गरेपछि ठीक होला भन्ने सोच्यो । त्यसैले मैलो कुच्चिएको ओछ्यानमै पल्टेर बसिरह्यो । बाहिर चोकमा कल्याङमल्याङ छ । केटाकेटीहरु रोएको खेलेको र एकापसमा लखेटालखेट गर्दै चलिरहेको आवाज आइरहेको छ । ऊ सुत्न खोज्यो । तर तल चोकबाट आइरहेको आवाजले उसलाई सुत्न पनि दिएन ।

 

उसलाई अलिकति पानी खान मन लाग्यो । झ्यालमा करुवा छ कि हे¥यो, छैन । माथिसम्म जान मन लागेन । जाने ताकत पनि छैन । खै, कसलाई बोलाउँ ? घरमा कोही छ जस्तो छैन । बिहानै सबैजना खेतमा गइसके । घरमा कोही भए पनि उसको ध्यान कसले राख्छ र ? सबसित उसको झगडा छ ।

 

अनेक तर्कना र सोचाइले कतिखेर ऊ निदायो थाहा भएन । आँखा खुल्दा झ्यालबाट घाम गायब थियो । समय घर्किसकेको थियो । उज्यालो हराउन लागेको आभास भयो । उसले अनुमान लगायो साँझ पर्न लागेको छ । जे पर्ला पर्ला बाहिर जाउँ कि जस्तो लाग्यो । तर जीउमा आवश्यक ताकत नभएको आफैलाई बोध भयो । मन मारेरै बस्यो ।

 

त्यसपछि असह्य जस्तो भयो । बल गरेरै उठ्यो । जे पर्ला पर्ला । ढोकातिर झुण्ड्याएको इस्टकोट टिप्यो । लगायो । अनि विस्तारै कोठाबाट निक्स्यो । ढोका खोल्यो र बाहिर आयो । घरमा कोही थिएन । त्यसैले कसैले उसलाई तँ यस्तो बेलामा कहाँ जान्छस् हँ भनेर भन्ने कुरा पनि भएन ।

 

गल्ली पनि एकप्रकारले सुनसान झैं थियो । गल्लीबाट निस्केपछि बाहिरको पाटीमा कोही बसिरहे जस्तो लाग्यो । अलिकति अगाडि पुगेर हेर्यो । सुकुचा रहेछ , मस्तले चुरोट सल्काएर बसिरहेको थियो । छ्याकचालाई देखेर भन्यो – तँ आज दिनभर कहाँ थिइस् हँ ?
छ्याकचा कमजोरीले बोलेन । उसंगै पाटीमै टुसुक्क बस्यो ।
खै, चुरोट ले ।

 

सुकुचाले खल्तीबाट आसा चुरोटको बट्टा झिक्यो । बट्टामा एउटै मात्र बाँकी थियो । उसले बाँकी भएको एउटा चुरोट लिएपछि बट्टालाई कच्याककुचुक पारेर फुत्त फाल्यो । अनि आफूले तानिरहेको चुरोट छ्याकचालाई सल्काउन दियो । उसले सल्काएपछि ठुटो चुरोट फर्काउन लाग्दा सुकुचाले भन्यो – भो फाल्दे ।
तँलाई अघि खोज्दैथियो ।, सुकुचाले भन्यो ।
कसले ?
किसंचा क्या ?
त्यो बेकुफ ! नाम नले त्यसको ।, छ्याकचा मुर्मुरियो ।
किन, के ग¥यो त्यो चोर मोरोले ।
ऊ बोलेन । एकनासले चुरोट तानिरह्यो । धूवाँलाई गोलो पारेर उडाउने प्रयास ग¥यो । यतिबेला उसले के सम्झ्यो कुनि धूवाँको गोलो हेर्दै त्यसैमा एकछिन गम्भीर भयो छ्याकचा ।
जाऊँ हरिचाको पसलमा, एकाएक छ्याकचा बोल्यो ।
सुकुचाले बुझिहाल्यो उसले हरिचाको पसलमा जाऊँ भन्नुको तात्पर्य । यता आएर छ्याकचालाई जाँड खान कुनै साइत हेर्न पर्दैन । फुर्सद हुनासाथ ऊ जाँड खान हिंडीहाल्छ । जतिबेला पनि ऊ हरिचाको पसलमा बसिरहेको हुन्छ । उसलाई भेट्नप¥यो अन्त कतै नगई सरासर हरिचाको पसलमा पुगे हुन्छ । सुकुचा उसको जाँडमा साथ दिने नजिकको साथी हो । उनीहरु प्रायः हरिचाको पसलमा बसेर जाँड घोक्न थालेको हुन्छ ।
छ्याकचा भित्तामा अडेस लिंदै बिस्तारै उठ्यो ।
सुकुचा पनि उठ्यो । बाटोमा उसले सुकुचालाई आफूले खाइरहेको ठुट्टो चुरोट दियो । सुकुचाले सुइँसुई दुई सर्को तान्यो र बाटो छेउमा फाल्यो ।
उनीहरु सरासर लाकोलाछेंबाट चुपिंघाट निस्कने साँघुरो गल्ली भएर हिंड्न थाले ।