वास्तु र शंका निवारण

हाम्रो ऋषिमुनिले वास्तु पुरुषको जस्तो स्वरुपको कल्पना गरेका छन।त्यसलाई सामान्य जन मानिसले बुझ्न अलि कठिन हुन्छ।बुझाई कम हुँदा मनमा अनेक भ्राती पनि हुन्छ।

 

 

वास्तुको सन्दर्भमा विभिन्न ग्रन्थमा भिन्दै/भिन्दै चित्रण गरेको हुन्छ।त्यसलाई बुझ्न नसक्दा पनि भ्रम सिर्जना हुन्छ।यी शंकाका समाधान हेतु मैले वास्तुको केहि तथ्य यँहाहरु समक्ष प्रस्तुत गर्दै छु।यसले हामीलाई वास्तु बुझ्ने मार्ग प्रशस्त गर्ने छ।

 

यो एउटा सर्वमान्य तथ्य हो कि भवन निर्माणमा वास्तु पुरुषको महत्वपुर्ण स्थान हुन्छ।जो जीवन पर्यन्त पनि रहन्छ।यद्यपी वास्तु पुरुषको मूल रुप एकै हो तर यसलाई निर्माण सम्बन्धि विभिन्न योजना एवम चरण द्वारा कयौं रुपमा आवश्यकता अनुसार कल्पित गरिन्छ।

 

 

यी सबै कल्पित रुपको आधारमा भवन विशेषको स्थिति तथा निर्माण योजना हो।वास्तु शान्तिको लागि वास्तु पुरुषको प्रतिमा भवनको पुर्व दिशामा उचित स्थानमा स्थापित गरिन्छ।यसो गर्दा भवन घर निरन्तर वास्तु पुरुषको संरक्षणमा रहन्छ। वास्तुमा भ्रम हुने एक कारण पनि रहेको छ।

 

 

त्यो कारण वास्तु पुरुष द्वारा आफ्नो स्थितिमा परिवर्तन गर्नु,ज्येष्ठ ,अषाढ,श्रावण,महिनामा वास्तु पुरुषको मस्तक उत्तर दिशामा र गोडा दक्षिण दिशामा तथा दृष्टि उत्तर दिशामा हुन्छ। त्यस्तै भाद्र तथा कार्तिक महिनामा मस्तक पूर्वमा र गोडा पश्चिम तथा दृष्टि दक्षिण तर्फ हुन्छ।

 

 

मार्ग शिर्ष,पौष तथा माघमा वास्तु पुरुषको स्थिति मस्तक दक्षिण,गोडा उत्तर तथा दृष्टि पश्चिम तर्फ हुन्छ।यो तथ्यले हामीलाई यो ज्ञात हुन्छ कि प्रत्येक तिन महिनामा वास्तु पुरुषले आफ्नो स्थिति परिवर्तन गर्छ।

 

 

शास्त्र अनुसार मुलरुप अर्थात् जब वास्तु पुरुष देव लोकबाट मृत्यु लोकमा आय त्यस बेला वास्तु पुरुषस को मस्तक इशान कोण र गोडा नैऋत्य कोणमा तर्फ थियो।त्यस पश्चात वास्तु पुरुषको कल्पना नरको समान अंगको रुपमा गरियो।

 

अर्थात् मानव शरीर समान मुर्धा,शिर्ष,मुख,कटी,जानु,पाद,शिरा,अनुशिरा,कपाल,नाडीको स्थापना वास्तु पुरुषमा गरियो यस स्थापनामा यी कुराको पनि निश्चितता गरियो कि कुन अंगलाई कस्तो प्रभाव मान्ने अर्थात् निवेस विहित वा अबिहित कहाँ र कुन स्थान भवनमा खुल्ला राख्ने।

 

 

अतःत्यो स्थान खुल्ला हुनै पर्छ।वास्तु शास्त्रको स्थितिको अनुसार अनुरुप विशेष देवताको अधिपतिको पनि बोध गर्दछ।यदि यस अधिपत्यको विपरित भवन निर्माण गरियो भने त्यसको दुष्परिणामको सामना अवश्य गर्नु पर्दछ। घरमा निवास गर्नेले भोग्नै पर्छ।

 

 

जस्तै मानौं जहाँ वास्तु पुरुषको मस्तक शिर हुन्छ।यदि त्यस स्थानमा शौचालय वा जुत्ता चप्पल राख्ने स्थान छ भने त्यस घरमा निवास गर्ने निवासीले भोग्नु पर्छ।यस्तो घरको सन्तान निष्ठुरी हुन्छ।घरका सबै सदस्यमा तनाव सदैव रहन्छ।

 

दुख एवम कष्टको छाँया सदैव भैरहन्छ। यसै प्रकार वास्तु शास्त्र अनुसार निर्माणमा विभिन्न पक्षको कारक भूमिका रहेको हुन्छ।ति सबै कारकिय तत्वलाई सन्तुलित गरि प्रयोगमा ल्याउन सक्दा वास्तुको पूर्ण लाभ प्राप्त गर्न सकिन्छ।

[email protected]

977-9849428414