सरोज खनालको फोटो नियोजित रुपमा खिचेको विकास बोर्डको निष्कर्ष
राष्ट्रपति भवनमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोह’मा अभिनेता सरोज खनालले खिचेको फोटो र फेसबुक प्रतिक्रिया’bout चलचित्र विकास बोर्डले धारणा सार्वजनिक गरेको छ ।
सरोजले शौचालयको कमोडमा बसेर खिचेको फोटो फेसबुकमा सार्वजनिक भएपछि विवाद सुरु भएको थियो । सोमबार बोर्डले एक विज्ञप्ती जारी गर्दै खनालले खिचेको फोटो नियोजित रुपमा खिचिएको ठहर गरेको छ ।
चलचित्र संग्रहालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, – ‘राष्ट्रपति भवनको सभाहलसंगैको शौचालयमा बसेर गरिएको फोटोसेशन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ ।’
विज्ञप्तिमा बोर्डले शौचालयमै बस्नुपर्ने कुनैपनि कलाकारलाई असुविधा नभएको दाबी गरेको छ । ‘शौचालयमै बस्नुपर्ने गरी कुनैपनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ’ –विज्ञप्तीमा उल्लेख छ ।
सरोजले फेसबुकमा फोटो सार्वजनिक गर्दै भनेका थिए, –‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा विराजमान थिए । हामी प्रफमर ३५ जनालाई ८ वाई १० को कोठामा कोँचेर राखे । म चाँही ट्वाईलेटको कमोडमा आफ्नो पालो पर्खी बसेँ ।’