अपराधको कथा जस्तै भयो निर्मला हत्याकाण्ड

आजकै दिन अर्थात् श्रावण ९ गते सुदुरपश्चिममा १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयो । बलात्कारपछि हत्या भएकी उनको शव उखुबारीमा भेटियो । न्याय माग्दै परिवार प्रहरीको शरणमा पुग्यो हार-गुहार गर्यो तरपनि आजसम्म अपराधी को हो भनेर पत्ता लगाउन सकिएको छैन ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या भएको उनको शरीर श्रावण ११ गते मात्र फेला परेको थियो । घटनामा बिभिन्न व्यक्तिहरुको नाम पनि जोडियो,थुनामा पनि परे तर बास्तविक अपराधीलाई लुकाइयो । अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकृतहरु निलम्बनमा परे त्यो ठाउमा नया प्रहरी अधिकृत पुगे तर हत्यारा पत्ता लागेन ।

निर्मला पन्तको न्यायको लागी उनका परिवार दोषी पत्ता लगाइदे सरकार भन्दै ज्ञापन पत्र बोकेर प्रधानमन्त्री समक्ष पुगे आश्वासन पाए तर न्याय पाएनन् । अनसन बसे,मानव अधिकारकर्मी देखि राजनीतिक दल समेत उनीहरुको समर्थनमा लागे तर दोषी को हो थाहा लागेको छैन ।

हालै गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमै पत्रकार सम्मेलन गरेर ‘अतिराजनीतिकरण हुँदा दोषी पत्ता लगाउन नसकिएको’ भनेर स्वीकार गरेका थिए ।

‘मृतकका अभिभावक र स्थानीयले सहयोग नगर्दा यो मुद्दा उल्झिएको छ, एक वर्षसम्म पुग्दा पनि यो प्रकरणका दोषी पत्ता लाग्न सकेको छैन, एक वर्षको अवधि पुग्दा यो प्रकण विस्मृतिमा पनि गइरहेको छ भनि निर्मला हत्या’bout अनुसन्धान गरेका एक प्रहरी अधिकारी भनेका थिए ।

यो विषयमा करिब २ हजारसँग सोधपुछ गरेको प्रहरी बताउँछ। दर्जनभन्दा धेरैलाई लामो सयम हिरासतमा पनि राखिएको छ। यो घटनाले देशको प्रहरीकै साख गिरेको छ भने यही विषयमा पत्रकार, मानवअधिकारीकर्मी र राजनीतिकर्मीसमेत आफ्नो कर्तव्यबाट विमुख भएको निश्कर्ष छ ।

राष्ट्रिय मानवअिधकार आयोगले पनि छानविन गरेको थियो। अन्न्य केही मानवअधिकारवादी संस्थाहरुले पनि विभिन्न प्रतिवेदन बनाए। तर, ती सबै प्रतिवेदनमा दोषी पत्ता लगाइएको छैन। प्रहरीकै गल्ती औंल्याइएको छ।निर्मला हत्याकाण्ड अहिले अपराधको कथा जस्तै भएको छ । सबैले पढ्छन ,बुझछन अनि चुप छन् ।