गीतमा नयाँपन– सन्देशमुलक तीज गीत बजारमा


भर्खरै मात्र मौलिक भाकामा पृथक शैलिको तीज गीतको भिडियो सार्वजनिक भएको छ । उत्ताउलो र भड्किलो शब्द तथा दृश्य भएका तीजका गीत आइरहेको बेला लोकप्रिय गायिका लक्ष्मी रेग्मी र भावना सिलवालले सन्देशमुलक गीत गाएका छन् । भावना सिलवालको आफ्नै शब्द र प्रमोद पन्तको संगीत रहेको यो भिडियो मस्र्याङ्गदि फिल्मस्ले निर्माण गरेको हो भने छाँयांकन दिपक जोशी र सम्पादन सदिश जोशीले गरेका हुन् ।