भारतका जयशंकर फर्किए लगत्तै पाकिस्तानबाट कुरेसीको फोन

काठमाडौं, ६ भदौ । पाकिस्तानका विदेशमन्त्री मखदुम साह महमुद कुरेसीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन वार्ता गरेका छन् । 

भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमण सकेर भारत गएको करिब एक घण्टामै पाकिस्तानी मन्त्री कुरेसीले कश्मीर मुद्दालाई लिएर नेपालको भूमिका’bout प्रश्न उठाएका हुन् ।

टेलिफोन कुराकानीमा विदेशमन्त्री कुरेसीले कश्मीर मुद्दामा नेपालको भूमिका’bout प्रश्न उठाएको पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतले भूमिका खेल्न अपिल गरिएको विज्ञप्तिमा जनाइएको छ । टेलिफोन कुराकानमिा विदेश मन्त्री कुरेसीले दक्षिण एसियाली मुलुकमा शान्ति र स्थिरता कायम गरिराख्नका लागि सार्क अध्यक्षका राष्ट्रका हैसियतले भारतका कारण कश्मीरमा संकटमा परेका जनताको पक्षमा बोलिदिन आग्रह गरेका हुन् ।

पाकिस्तानी विदेशमन्त्रीले कश्मीरमा भारतले गरेको हस्तक्षेप अवैधानिक र एकपक्षीय कारवाहीको संज्ञा दिँदै त्यस्तो कदमलाई अन्तर्रा्िष्ट्रय कानुन र संयुक्त राष्ट्र सुरक्षा परिषद्को सिद्धान्तविपरित भएको जिकिर गरेका छन् । पाक र नेपाली मन्त्रीबीच भारतले कश्मीरमा हस्तक्षेप गरेको तीन सातापछि फोन वार्ता भएको हो । भारतले कश्मीरलाई दिइएको विशेषाधिकार खोस्ने निर्णयसहित धारा ३७० पनि खारेजी गरेपछि अहिले पाकिस्तानसँग तनाव चुलिँदै गएको छ । कश्मीरलाई लिएर भारत र पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व चलिआएको छ ।

पाकिस्तानी मन्त्रीलाई जवाफ दिँदै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालले कश्मीरको अवस्था’bout एकदमै नजिकबाट निगरानी गरिरहेको बताएका छन् । कश्मीरमा देखिएको समस्या नेपालले वार्ताबाटै समाधान गर्न चाहेको पनि उनले उल्लेख गरेका छन् । टेलिफोन वार्ताका क्रममा दुई नेताले निरन्तर सम्पर्कमा रहेर यस’bout चर्चा गर्ने र एकसाथ शान्ति र स्थिरताका लागि काम गर्ने प्रतिवद्धता पनि गरेका छन् ।