सिंगापुरबाटै गरे प्रधानमन्त्रीले मन्त्रीपरिषदको अध्यक्षता

काठमाडौं, ९ भदौ । सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहीँबाट मन्त्रीपरिषद बैठकको अध्यक्षता गरेका छन् । यहाँ बैठकमा उपस्थित मन्त्रीपरिषद सदस्यहरुलाई प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्सबाट सम्बोधन गरेका थिए ।

नेपालको इतिहास मैं पहिलोपटक मन्त्रिपरिषदको बैठक यसरी विदेशबाट सञ्चालन भएको हो । 
 
भिडियो कन्फ्रेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उपस्थित मन्त्रीहरू सहभागी थिए । सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरे । यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फ्रेन्सबाटै बैठक सञ्चालन गर्न सकिने भनी निर्णय गरेको थियो । 

यता, भने उपप्रधानमन्त्री ईश्‍वर पोखरेलले बैठकको नेतृत्व गरिरहेका थिए ।