आज बुवाको मुख हेर्ने दिन र कुशे औंसी
आज गोकर्णे औंसीमा आफ्नो बुबालाई संझदै गोकर्ण पुगेका सन्तानहरुको केहि तस्विर :



काठमाडौं । आज कुशे औंसी । यसै दिनलाई बुवाको मुख हेर्ने दिनका रुपमा समेत मनाउने गरिएको छ । बुवा हुने सन्तानले यसदिन मीठामीठा परिकार र नयाँ उपहार दिएर बुवालाई खुशी पार्ने गर्छन् । बुवा नहुनेहरु काठमाडौंको गोकर्ण मन्दिरमा गएर श्राद्ध गर्ने गर्छन् । दिवंगत भैसकेका बुवालाई पिण्डदान गरेर समि्झने गरिन्छ । त्यसैले आजको दिनलाई कुशे औंसी र बुवाको मुख हेर्ने दिनका रुपमा मनाउने चलन चलिआएको छ ।
यहाँ एकजना बुवा छन् गणेश सन्तानको प्रतिक्षामा बसिरहेका । उनी जस्ता थुप्रै …बाहरु आज आफूले जन्म दिएको छोराछोरीको बाटो कुर्दै बसेका छन् । बाटो कुर्ने सबैका छोराछोरी आउँछन् नै भन्ने पनि छैन । छोराछोरी आएपनि यी …बाहरुको मुहारमा खुसी छाउँछ भन्ने छैन । कुशे औंसी भनेको घरको ढोकामा कुश राखेर मनाइने एउटा सांस्कृतिक परम्परा हो । पुरोहितहरुले आफ्ना यजमानका घरमा कुश लगेर ढोकाको शीरमा राख्ने चलन नेपाली समाजमा परम्परादेखि चलिआएको हो । यसै सन्दर्भमा वरिष्ठ पत्रकार भैरव रिसाल यसदिनलाई यसरी सम्झन्छन् । रिसालको सम्झनामा उनी सानो छँदा बुवाको मुख हेर्ने भन्ने चलन नै थिएन । बरु आफू पुरेतको छोरा भएकाले यस दिन कुशे औंसीको रुपमा घर घर डुलेर कुश राखेको सम्झना छ उनलाई ।
बुवा नहुनेले समेत बुवाको सम्झनामा यो चाड मनाउन थालेपछि, बुवा हुनेले पनि …बुवाको मुख हेर्ने दिन मनाउन थालेको उनको बुझाई छ । रिसाललाई दृश्य टिभिले आफ्नो बुवासँगको सम्बन्धको ’boutमा जिज्ञासा राख्दा उनी यस्तो भन्छन् । थप सामग्री हेर्न यहाँ भिडियो लिंक थिच्नुहोस्-
