गोलढुंगा गोली चल्यो : गुण्डागर्दीमा संलग्न साजन गुरुङ पक्राउ

काठमाडौँ, २७ भदौ । गुण्डागर्दीमा संलग्न भएको आरोप पक्राउ गर्ने क्रममा काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ । फरार सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको प्रहरीले जनाएको छ । 

विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए । 

उनको अहिले उपचार भैरहेको प्रहरीले जनाएको छ ।