नेपोलीसँग लिभरपुल पराजित

युरोपेली च्याम्पियन्सको नयाँ सिजनको समूहगत लिग चरणका खेल मंगलबार राति सुरु भएका छन् । पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन लिभरपुल पराजित भएको छ । उसलाई नेपोलीले २–० ले पराजित गर्यो ।
समूह ई को खेलमा इटालीको सिरी ए क्लबका लागि ड्रिस मार्टेन्स र फर्नान्डो लोरेन्टले गोल गरे । सन् १९९४ मा त्यति बेलाको विजेता एसी मिलानले पनि आफ्नो सुरुआती खेल गुमाएको थियो ।
त्यसयता योर्गन क्लोपको लिभरपुल त्यस्तै हार बेहोर्ने पहिलो टिम बनेको छ । यसै समूहको अर्को खेलमा साल्जबर्गले जिन्कलाई ६–२ ले हरायो । एजेन्सी