एउटा फाेटाेः जसले प्रधानमन्त्रीलाई क्षमा माग्न बाध्य पार्‍याे, यस्ताे छ फाेटाेकाे कथा

१८ वर्षअघि अनुहारमा कालो रङ्ग पोतेर खिचिएको तस्बिर सार्वजनिक भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्षमायाचना गरेका छन् । जातीय भेदभावको सङ्केत गर्ने उक्त तस्बिरका कारण निर्वाचनको मुखमा ट्रुडो विवादमा परेका छन् ।

सन् २००१ मा वेस्ट पोइन्ट अक्याडमीमा साथीहरूसँग खिचिएको उनको तस्बिर टाइम म्यागजीनले हात पारेको थियो । उक्त तस्बिर’bout टिप्पणी गर्दै उनले आफ्नो व्यवहारका कारण “गहिरो पश्चात्ताप” भएको र आफूले त्यसो नगर्नुपर्थ्यो भन्ने लागेको बताएका छन् ।

अपरिपक्व उमेरमा आफूले कति पटक रङ्ग दलेको थियो त्यो अहिले सम्झना नभएको उनले बताएका छन् । उनी त्यति बेला भ्यान्कूभरस्थित उक्त निजी विद्यालयमा अध्यापन गर्थे ।

के भने ट्रुडोले ?
ट्रुडो आगामी महिना (अक्टोबर २१) मा हुने निर्वाचनमा पुन: प्रतिस्पर्धा गर्दैछन् । उनका पिता पिएर ट्रुडो पनि अस्ट्रेलियाका प्रधानमन्त्री थिए । अरू तस्बिर पनि प्रकाशित हुन थालेपछि विनिपेगमा संवाददाताहरूलाई उनले भने, “पछिल्ला तस्बिर’bout म चिन्तित छु, ठ्याक्कै सङ्ख्या भन्न सक्ने अवस्थामा छैन किनकि मलाई सम्झना छैन् ।”

कडा प्रतिस्पर्धा हुने ठानिएको निर्वाचनअघि ती तस्बिरहरू सार्वजनिक भएकाले उनको निर्वाचन अभियान प्रभावित बन्ने देखिएको छ । प्रगतिशील नीतिलाई आफ्नो मूल चुनावी नारा बनाएका ट्रुडोलाई यो विषयले लाजमर्दो बनाएको छ ।

यो काण्ड सार्वजनिक भएपछि विनिपेगमा बिहीवार दोस्रो पटक ट्रुडोले आफ्नो प्रतिक्रिया दिएका हुन् । उनले भने, “जुनसुकै परिस्थिति वा सन्दर्भमा पनि अनुहार कालो बनाउनु सधैँ अस्वीकार्य हो ’cause त्यसरी कालो अनुहार बनाउने कुरा जातिभेदको इतिहाससँग जोडिएको छ ।”

“मैले त्यस बेलै यो कुरा बुझ्नुपर्थ्यो र यस्तो कहिल्यै पनि गर्नुहुँदैन थियो ।” आफूले धेरै मानिसलाई निराश बनाएको स्वीकार गर्दै उनले विगतलाई सम्झिँदै आफूले माफी मागेको पनि उल्लेख गरेका छन् ।

उनले अन्य उदारवादी उम्मेदवारहरूलाई पनि टेलिफोन गरेर उनको व्यवहारका लागि माफी माग्न अनुरोध गरिरहेका छन् ।

तस्बिरमा के छ ?
बिहीबार एउटा भिडियाे सार्वजनिक भएको छ जसमा ट्रुडोले सेतो टीशर्ट र च्यातिएको जीन्स लगाएका छन् तथा उनको अनुहार र हातखुट्टामा कालो रङ्ग दलिएको छ। सन् १९९० को दशकमा खिचिएको उक्त दृश्यमा उनी हाँसिरहेको देखिन्छ । उनको हात हावामा फैलिएको छ र उनले जिब्रो बाहिर निकालेका छन् ।

त्यस समयमा ट्रुडो आफ्नो किशोरावस्थाको अन्त्यतिर वा २० वर्षको आरम्भतिर थिए । त्यसरी अनुहार कालो बनाउने चलन विगतमा मनोरञ्जन उद्योगमा थियो । त्यसमा श्वेतवर्णका मानिसहरूले रङ्ग दलेर आफ्नो अनुहारलाई कालो बनाउँथे। जातिवादीहरूले व्यङ्ग्यका रूपमा त्यसो गर्ने गर्थे ।

अरू विवाद के छन् ?
आफ्नो छवि जोगाउन सङ्घर्ष गरिरहेका प्रधानमन्त्रीले भ्यान्कूभरको विद्यालयको उत्सवमा झन्डै दुई दशकअघि खैरो अनुहार देखिने शृङ्गार गरेकोमा बुधवार क्षमा मागेका थिए ।

टाइम म्यागजीनले प्राप्त गरेको सन् २००१ को वार्षिक पुस्तकमा त्यसबेला २९ वर्षका रहेका ट्रुडोले छालाको रङ्ग अर्कै देखिनेगरी अनुहार र हातमा रङ्ग दलेको देखिन्छ । त्यसमा उनले एक जना काल्पनिक पात्र अलादिनले जस्तै पहिरन लगाएका छन् ।

अर्को तस्बिरमा ट्रुडोले आफू विद्यालयमा पढ्दा एउटा ट्यालेन्ट शोमा अनुहारमा रङ्ग दलेर प्रस्तुति दिएको देखिन्छ । उनले अमेरिकी नागरिक अधिकारकर्मी ह्यारी बेलाफोन्टीले लोकप्रिय बनाएको डे ओ भनिने जमैकाको एउटा लोकगीत गाएका थिए ।

कस्ता प्रतिक्रिया आएका छन् ?
रक्षामन्त्री हरजीत साज्जनले क्यानेडाली प्रसारक सीबीसीलाई दिएको अन्तर्वार्तामा ट्रुडोले गल्ती गरेको स्वीकारे । तर उनले विविधतालाई प्रवधर्न गर्ने ट्रुडोको नीतिको प्रशंसा पनि गरे । उदारवादी दलका सांसद ओमार अल्घाब्राले ती तस्बिर देखेर आफ्नो चित्त दुखेको बताए।

विपक्षी कन्जर्भेटिभ दलका नेताले ट्रुडोले गरेको क्षमायाचना “अवास्तविक” भएको टिप्पणी गरेका छन् । न्यू डेमक्र्याटिक पार्टीका नेता जग्मीत सिंहले बुधवार उक्त तस्बिर समस्याकारी र अपमानजनक भएको बताएका थिए । सीबीसीका एक कार्यक्रम प्रस्तोताले ती तस्बिरले ट्रुडोको वास्तविक परिचयलाई हानि पुर्‍याएको उल्लेख गरेका छन्। बीबीसी