लिभरपुलसँग हार्यो चेल्सी

लन्डन । ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको शक्तिशाली प्रहारमा भएको गोलबाट प्रेरित लिरभपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार राति चेल्सीलाई २–१ ले हरायो र शीर्ष स्थानमा फेरि पाँच अंकको अग्रता लियो ।
योर्गन क्लोपको लिभरपुलले यस जितसँगै लिगमा शतप्रतिशत जित कायम राखेको छ । लिभरपुल लिगमा लगातार सुरुआती छ खेल जित्ने पहिलो क्लब पनि भएको छ ।
लिगका पछिल्ला १५ खेलमा लिभरपुल लगातार विजयी रहेको छ । आइतबारकै अर्को खेलमा उत्कृष्ट पुर्नआगमन रच्दै आर्सनलले एस्टन भिल्लालाई ३–२ ले हरायो ।