मेसीले जिते फिफा वर्ष खेलाडी अवार्ड

मिलान । बार्सिलोना/अर्जेन्टिनाका लियोनल मेसीले फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । सोमबार मिलानमा आयोजित समारोहमा मेसीले पुरुष वर्ष खेलाडीको अवार्ड जितेका हुन् । 

यसअघि सन् २००९, २०१०,२००११,२०१२ र २०१५ मा पनि यो अवार्ड जितेका उनकाे याे छैटौं पटककाे अवार्ड हाे । मेसीले युभेन्टस/पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र लिभरपुल/नेदरल्यान्ड्सका भर्जिल भान डिजेकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

त्यस्तै महिलातर्फको अवार्डसंयूक्त अधिराज्य अमेरिकाकी मेगान रापिनाइले जितेकी छिन् । वर्ष प्रशिक्षक महिला तर्फकाे उपाधि भने जिल एलिसको पोल्टामा गएको छ।

त्यस्तै वर्ष प्रशिक्षक पुरूष तर्फको उपाधि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्पले जितेका छन् । गोलरक्षकतर्फको अवार्ड लिभरपुलका एलिसनले जित्दा फ्यरप्लेको अवार्ड पाएका छन् । तयस्तै लिड्सका प्रशिक्षक मार्सेलो बिएल्साले पाएका छन् ।