रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

म्याड्रिड । रियल म्याड्रिडले बुधबार स्पेनी ला लिगामा ओसासुनालाई २–० ले पराजित गरेकाे छ । रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएकाे छ ।रियलको जितमा भिनिसियस जुनियर तथा सिल्भा डि गोएसले गोल गरेका थिए । भिनिसियसले खेलको ३६ औं मिनेटमा गोल गरेका हुन् भने सिल्भाले ७२ औं मिनेटमा गोल गरेका हुन् ।
रियल एडेन हेजार्ड र गेराथ बेलबिना मैदानमा उत्रेको थियो । प्रशिक्षक जिनेदिन जिदानले दुवै खेलाडीलाई आराम दिएका थिए । अब शनिबार रियलले एटलेटिको म्याड्रिडको सामना गर्नेछ । रियलले २१ दिनभित्र सातौं खेल खेल्ने क्रममा छ । यसअघि एथलेटिकोले रियल मार्लोकालाई २–० ले पराजित गरेको थियो ।