शीर्ष स्थान मिलानकाे कब्जामा

रोम । इन्टर मिलानले इटालीको सिरी ए मा बुधबार राति लगातार पाँचौ जित निकालेको छ । लिगमा शतप्रतिशत सुरुआतका लागि उसले लाजियोलाई १–० ले हरायो । जितपछि इन्टरले लिग अंक तालिकामा फेरि शीर्ष स्थान कब्जा गरेको छ । यसलाई दोस्रो स्थानमा रहेको युभेन्ट्समाथि दुई अंकको अग्रता प्राप्त छ ।
सानसिरोमा भएको खेलमा एक मात्र गोल २३ औं मिनेटमा सम्भव भएको थियो र इटालीका अन्तर्राष्ट्रिय फुल ब्याक डानिलो डि एब्रोसिओले नजिकको दूरीबाट हेड गर्दै बललाई पोस्टका दिशा दिए ।