बराबरीमा रोकियो म्याड्रिड

म्याड्रिड । रियल म्याड्रिडले शनिबार राति स्पेनी ला लिगामा छिमेकी एलटेटिको म्याड्रिडको घरमा गोलरहित बराबरी खेल्यो । वान्डा मेट्रोपोलिटानो मैदानमा बटुलेको एक अंकपछि रियल लिग तालिकाको शीर्ष स्थानमा छ ।
यसअघि ओसासुनालाई हराएको खेलमा दोस्रो रोजाइका खेलाडी उतारेको रियलले एटलेटिकोविरुद्ध सबै सबै प्रमुख खेलाडीलाई खेलाएको थियो, तर टिम स्पष्ट नतिजा निकाल्न भने असफल रह्यो ।
यसअघि शनिबारको अर्को खेलमा बार्सिलोनाले गेटाफेलाई २-० ले हरायो । त्यसमा लुइस स्वारेज र जुनियर फिरपोले गोल गरे । बार्सिलोना लिग तालिकाको चौथो स्थानमा छ ।