तनहुँमा मीनेन्द्र रिजालमाथि खनिए नेकपा कार्यकर्ता

काठमाडौँ, १२ असोज । तनहुँस्थित रिसिङ गाउँपालिका भवन शिलान्यास गर्न पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खनिएका छन् । 

दमौलीबाट रिसिङ जाँदै गरेका रिजाललाई कार्यक्रमस्थल जान नदिन रूख ढालेर सडक अवरोध गरिएको प्रहरी जनाएको छ । 

केहीबेर तनाव भए पनि प्रहरी परिचालन गरिएपछि अवस्था शान्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विनोद सिलवालले जानकारी दिए । 

नेकपाले सहमतिमै गाउँपालिका भवन निर्माण स्थल तोक्नुपर्ने बताउँदै कार्यक्रम अवरोध गरेको हो । घटनापछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले रिजालमाथि आक्रमण प्रयास गर्दै नेकपाले रिसिङ गाउँपालिकाका जनतामाथि अपमान गरिएको बताएका छन् ।