जीनब्रे एक्लैले गरे चार गोल

पेरिस । युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति टोटनहमले घरमै बायर्न म्युनिखको हातबाट ठूलो अन्तरको हार बेहोरेको छ । जर्मन टिम समूह बी को खेलमा ७–२ ले विजयी रह्यो ।
त्यसमा जर्जी जीनब्रे एक्लैले चार गोल गरे । यही समूहको अर्को खेलमा एफके क्राभेनाले ओलम्पियाकोजलाई ३–१ ले पन्छायो । समूह ए मा रियल म्याड्रिड र क्लब ब्रगले २–२ को बराबरी खेले भने पेरिस सेन्ट जर्मेनले गालातासारेलाई १–० ले पन्छायो ।
समूह सी मा साख्तर डोनेस्कले एटलान्टालाई २–१ र म्यानचेस्टर सिटीले डायनामो जागरेभलाई २–० हरायो । यस्तै समूह डी मा युभेन्ट्सले बायर लेभरकुजनलाई ३–० तथा एटलेटिको म्याड्रिडले लोकोमोटिभ मस्कोलाई ३–० ले पराजित गर्न सफल रह्यो । एजेन्सी