यौन दुर्व्यवहार गरेको आरोपमा मुछिएका सभामुख कृष्णबहादुर महराविरुद्ध रोशनीले दिइन् प्रहरीमा उजुरी
यौन दुर्व्यवहार गरेको आरोपमा मुछिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको छ ।
जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित रोशनी शाहीले महानगरीय प्रहरी कार्यालय, बानेश्वरमा किटानी जोहरी दिएकी छिन । प्रहरीले आइतबार अदालतको आदेश लिएर पक्रने तयारी गरेको छ।
संसदकी एक महिला कर्मचारीमाथि ‘बलात्कार’ गरेको यौन दुर्व्यवहारको आरोपपछि उनले पदबाट राजीनामा दिएका थिए।
यसअघि, प्रहरीले पीडित महिलाले जाहेरी दिना साथ पक्राउ गर्ने जनाएको थियो ।
संघीय संसद् सचिवालयमा कार्यरत नर्स शाहीले महरा गत असोज १२ गते आइतबार राति आफ्नो कोठामा मदिरा सेवन गरेर आएर बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनले ‘प्रहरी बोलाउँछु’ भनेपछि महरा कोठाबाट निस्केको बताएकी छन्।
महिलाले फोन गर्ने वित्तिकै प्रहरी टोली सोहि राति नै उनको कोठामा पुगेको महानगरीय प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले बताएका थिए । सुवेदीले लिखित जाहेरी पर्ना साथ अनुसन्धानका लागि प्रक्रिया सुरु गर्ने पनि बताएका थिए।