निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले दियो अनुमति

संसद सचिवालयमा कार्यरत रोशनी शाहीको जाहेरीपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ। आफ्नै कर्मचारी लाई बलात्कार गरेको अभियोग लागेपछि पदबाट राजीनामा दिएका कृष्ण बहादुर महरालाई पक्रन प्रहरीलाई अदालतले अनुमति दिएको हो।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।यससँगै निवर्तमान सभामुख महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। 

शाहीको उजुरी पछि प्रहरीले आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारीमा रहेको बताएको थियो।