चिनियाँ राष्ट्रपति शनिबार काठमाडौं आउने

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा यही अक्टोबर १२ र १३ तारेख (असोज २५ गते शनिबार र २६ गते आइतबार)  नेपालको राजकीय  भ्रमणमा आउने भएका छन् । 

परराष्ट्र मन्त्रालयले आज वक्तव्य जारी गरेर भ्रमणको ’boutमा औपचारिक जानकारी गराएको हो । चीनका राष्ट्रपति सीको सम्मानमा  राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज दिने कार्यक्रम रहेको छ । 
भ्रमणका क्रममा चीनका राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसँग औपचारिक भेटघाटपनि गर्नेछन् ।

राष्ट्रपति सीले प्रतिनिधिमण्डलस्तरको दुई पक्षीय वार्ता भने नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्ने समेत परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सोही वार्ताको क्रममा दुई पक्षीय प्रतिनिधिमण्डबीच विभिन्न विषयमा दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर हुने समेत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति सीसँग नेपालका बरिष्ठ नेताहरुले समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।