चिनियाँ राष्ट्रपतिको विमान अवतरण

काठमाडौँ, २५ असोज : चीनका राष्ट्रपति सी चिनफिङ सवार विशेष विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयानुसार ठीक ४ः४५ बजे अवतरण गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी नेपालको द्विदिवसीय राजकीय भ्रमणमा विशेष विमानबाट आउनुभएको हो ।