सीमापार रेलमार्गको संभाव्यता अध्ययन गर्ने: राष्ट्रपति सी जिनफिङ
काठमाडौं, असोज २५ गते । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङले सीमापार रेलमार्गको संभाव्यता अध्ययन गर्ने बताउनुभएको छ ।
नेपाल भ्रमणका क्रममा शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँको सम्मानमा आयोजना गर्नु भएको रात्री भोजका अवसरमा सम्मबोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
सम्बोधनका क्रममा सीले नेपालको भूपरिवेष्ठितबाट भूजडित बन्ने सपना साकार पार्न सहयोग गर्ने बताउनु भएको छ ।
सो अबसरमा राष्ट्रपति भण्डारीले दुई देशबीचको सम्बन्ध सदियौं पुरानो भएको बताउनु भएको थियो ।