भारतमा तीन नेपाली मजदूरको हत्या


बैतडी, ११ कात्तिक: भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका  २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ”, हरे र बीरा सहदोर भाइ हुन् ।

            उनीहरुले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए । हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा  उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराको भनाइ थियो   . शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ । बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा  उनी पनि उतै मजदूरी गर्दै आएका थिए । हत्या कसले गरेको हो भन्ने’bout खुल्न सकेको छैन ।(रासस)