निर्मल पुर्जाले राखे ७ महिनामा १४ हिमाल आरोहणको नयाँ रेकर्ड

नेपाली पर्वतारोही तथा पूर्व बेलायती जलसेना निर्मल पुर्जाले सात महिनामा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आराहण गरेर नयाँ रेकर्ड राखेका छन्।
सोमबार पुर्जाले चीनको शिशिपाङ्मा हिमालको सफल आरोहणपछि १४ हिमालको छोटो समयमा पुरा गरेर नयाँ रेकर्ड राखेको अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।
यसअघि पोल्यान्डका आरोही जर्जी कुकुजाले सन् १९८७ मा यी सबै हिमाल ८ बर्ष लगाएर आरोहण गरेका थिए। छत्तीस वर्षीय निर्मल सन् २००३ मा बेलायती सेना भर्ती भएका हुन्। उनले सन् २००९ सम्ममा जलसेनामा आबद्ध भएर काम गरेका थिए।
उनले गत अप्रिलदेखि नेपालबाट उक्त हिमाल चढ्ने अभियान थालेका थिए। गत मे महिनामा मात्रै उनले सगरमाथाको आरोहण गरेका थिए।
उनले नेपालका ८ हजारभन्दा अग्ला अन्नपूर्ण, धवलागिरी, कञ्चनजंघा, सगरमाथा, ल्होत्से, मकालु र मनासलु हिमाल आरोहण गरेका छन्। त्यस्तै पाकिस्तानका नांगा पर्वत, गासबु्रम एक, गासब्रुम दुइ, के–टू र ब्रोड पि हिमालको आरोहण गरेका छन्। त्यसैगरी चीनतर्फका चो यू र शिशिपाङ्मा हिमाल अरोहण गरेका छन्।