अचानक ज्वरो आएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना


काठमाडौं। भाई टीकाकै दिन ज्वरो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार बिहान ग्राण्डी अस्पताल भर्ना गरिएको छ। प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि अस्पताल भर्ना गरिएको समाचार सूत्रले बताएको छ । 

यस’boutमा औपचारिक सूचना बुझ्न खोज्दा प्रधानमन्त्रीको प्रेस हेर्ने सूत्रहरुसँग सम्पर्क हुन सकेन । 

 
प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि सो अस्पताल लगिएको ग्राण्डी अस्पतालले भने पुष्टी गरेको छ । अहिले परीक्षण जारी रहेको छ । परीक्षण पछि अस्पतालले विस्तृत जानकारी सार्वजनिक गर्ने बुझिएको छ । 

चिकित्सकहरुले उनलाई आराम गर्न सल्लाह दिएपनि ओलीले आफ्नो पुरानो कार्यशैली नत्यागेकोले अचानक ज्वरो आएको थाहा भएको छ। दैनिक १८ घण्टा खट्ने उनी हालै असंलग्न राष्ट्रहरूको १८ औ‌ं शिखर सम्मेलनमा भाग लिई फर्किएका थिए । 

प्रधानमन्त्री ओलीको दुई महिना पहिले  सिङ्गापुरमा उपचार भएको थियो ।