क्रिकेट टिमको कप्तान ज्ञानेन्द्र मल्ल


काठमाडौं । पारस खड्काले राजीनामा दिएपछि रिक्त रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लको काँधमा सरेको छ ।

निवर्तमान कप्तान पारसले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी सुम्पिएको हो ।  ज्ञानेन्द्र यसअघि नेपाली टोलीको उपकप्तान रहेका थिए ।

क्यानका सचिब अशोक नाथ प्याकुरेलले अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिईएको जानकारी दिए ।

कप्तानी पदबाट पारसको राजीनामा आईसकेको र उनी त्यस जिम्मेवारीमा नफर्कने निश्चित भएपछि अर्काे व्यवस्था नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिइएको बुझिएको छ ।

नेपालले यसै साता एमसीसीसँग खेल्दैछ र चाँडै नेपालले धेरै सिरिज खेल्दैछ । जसको लागि ज्ञानेन्द्रलाई कप्तान बनाईएको बताईएको छ ।

पारसले गत असोज २८ गते सामाजिक संजालबाट कप्तानी छाडेको घोषणा गरेका थिए । तर, उनले आइतबार मात्र क्यानलाई औपचारिक रुपमा मेलबाट राजीनामा पत्र बुझाएका थिए ।