अदालतको आदेशविरूद्ध उच्च अदालत जाने तयारीमा महरा


काठमाडौँ । संसद सचिवालयकी कर्मचारी बलात्कार आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पूपक्षको लागि जिल्ला अदालत काठमाडौँले थुनामा राख्न आदेश दियो । तर, महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन् ।

प्रहरीले जुटाएको प्रमाणको आधारमा महरालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष (मुद्दाको बाँकी सुनुवाइ प्रकृया) गर्न आदेश गरेको हो । 

अदालको आदेश खारेज गर्नुपर्ने माग गर्दै महराले उच्च अदालत पाटनमा निवेदन दिने भएका उनका वकिल मुरारी सापकोटाले जानकारी दिए । जिल्लाको आदेशविरूद्ध उच्च अदालत जानुपर्ने बाध्यता भएको उनको भनाई छ । उच्च अदालत जानको लागि निवेदनको तयारी थालेको उनको भनाई छ । 

उनले निवेदन दिन भने एक दुईदिन लाग्ने सक्ने बताए ।  प्रहरीले बुझाएको प्रतिवेदनपश्चात् सरकारी वकिल कार्यालयले उनलाई जबरजस्ती करणी अभियोगमा बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो ।

महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्ने’bout जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि बहस सुरू भएको थियो । महराले सो आरोप मात्रै भएको दाबी गर्दै आएकी थिइन् । आरोपी महिलाले पनि पटक पटक बयान फेर्ने समस्याले महरा झन्न समस्यामा परेका थिए । 

जिल्ला अलालतले थुनामा राख्न आदेश दिएको दिनमा पनि आरोपी महिलालाई अदालतमै अपस्थित भएर महरामाथि लगाएको आरोपमा सत्यता नभएको बताइकी थिइन् ।