प्रधानमन्त्रीले बोलाए लिपुलेक विवाद’bout बैठक ।


प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विवाद’bout छलफल गर्न शनिबार अपरान्ह ४ बजे सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् । यसअघि सरकारले एकपक्षीय नक्सा मान्य नहुने बताएपछि जवाफमा भारतले आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताइसकेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईका अनुसार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको छ। बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ ।