गायक शिव परियारको नयाँ म्युजिक भिडियो बजारमा


सुगम संगीतमा लोकप्रियता हासिल गरेका प्रख्यात गायक शिव परियारको नयाँ गीत“पाप लाग्ला कि”को म्युजिक भिडियो बजारमा आएकोे छ ।

युवा संगीतकार प्रमोद पन्तको संगीत र मनोज बराकोटीको शब्दमा तयार भएको सो गीतको म्युजिक भिडियोमा निर्देशन तथा अभिनय गोपाल साउदको रहेको छ भने सम्पादन तथा कलर मिश्रण पदम सुबेदी र मिलन बिश्वकर्माले गरेकाहुन् । पञ्जाबको सुन्दर दृश्य समेटिएको भिडियोमा सिम्रन लामाको पनि अभिनय देख्न सकिन्छ ।