यी मन्त्रिहरु हट्ने प्राय निश्चित, मन्त्रिमण्डल पुर्नगठन र सपथ भोलि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार हुने भनिएको मन्त्रिमण्डल पुर्नगठन बिहिबार (भोलि) मात्र हुने भएको छ । आजै सपथ खुवाउँने भनिएको भएपनि अझै हट्ने र राख्ने मन्त्रीको नाम खुलाएका छैनन् । 

नेकपाको सचिवालय बैठकले दुई अध्यक्ष जिम्मेवारी बाँडफाँट गरेपनि मन्त्री हेरफेर’bout टुंगो लगाएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ बर्ष सरकारको र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी तोकिएको छ । 

तर, नयाँ मन्त्रीको आज सपथ खुवाउँने ओलीले मंगलबार नै भनेको थिए । जुन आज हुन सकेन । मन्त्री परिषदका् बिषय टुङ्गाउँनका लागि ओली र प्रचण्डबीचको छलफल अझै जारी छ । बुधबार बिहान प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड राष्टिपति विद्यादेवि भण्डारी निवास सितलनिवास छलफलका लागि पुगेका थिए । 

कोको हट्दैछन् ?

बालुवाटार स्रोतका अनुसार पूर्व माओवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री हट्ने प्रायः निश्चित भएको छ । कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी, महिला बालबालिकामन्त्री थममाया थापा पनि हट्ने निश्चित भएको छ । 

पूर्वएमालेबाट अरु केही मन्त्री हट्ने संकेत ओलीले दिएका छन् । तर, कसलाई हटाउँने भन्नेमा अझै निधो नभएको बालुवाटार स्रोत बताउँछ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्ट एकजना हटाउँने तयारी भैरहेको छ । उनीहरुबीच कसलाई राख्ने हटाउँने अन्तिम निर्णयमा नपुगेको बताइन्छ । 
यद्यपी, मन्त्री हटाउँने मात्रै नभएर मन्त्रालय परिर्वतन समेत हुनसक्ने बताइएको छ । यता उपसभामुख शिवमाया तुम्बाहाम्फेले उपसभामुख पद त्याग्न अस्वीकार गरेकी छिन् । नेकपाले उनलाई उपसभामुखबाट हटाएर मन्त्री बनाउँने प्रस्ताव गरेको थियो ।  

नेकपाभित्र उनलाई मनाउँनको लागि ठुलो कसरत भइरहेको बताइएको छ । तर, उनले पटक पटक उपसभामुखबाट राजिनामा दिन आग्रह अस्विकार गर्दै आएकी छिन् । स्रोतका अनुसार उनलाई उपसभामुखबाट खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी भैरहेको छ । खानेपानी मन्त्री बिना मगरलाई महिला तथा बालबालिका मन्त्रालयका लगेर उनले खानेपानी मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । 

अहिले नेकपाको सचिवालय बैठक जारी छ । तुम्बाहाम्फेले राजिनामा दिन अस्विकार गरेपछि नेकपाभित्र जिम्मेवारी बाँडफाँडमा सकस बन्दै गएको छ । उनले अस्विकार गरेको भएपछि उनलाई मन्त्री बनाउँने नेकपाको तयारी जारी राखिएको छ ।  

नयाँ मन्त्री कसलाई ल्याउने भन्नेमा अझै टुङ्गो लाग्न सकेको छैन । नयाँ मन्त्रीका लागि घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभु साह, पम्फा भुसाल, यज्ञराज सुनुवार, वसन्त नेम्वाङलगायत नेता चर्चामा छन् । साथै, अग्नी प्रसाद सापकोटाको पनि नाम चर्चामा थियो । 

प्रचण्ड निकट मानीएका सापकोटालाई रिक्त रहेको सभामुखमा लगिने तयारी भैरहेको स्रोत बताउँछ । तर, सभामुख पदमा उपसभामुखकै दाबी छ । पूर्व सभामुख रहेका सुवास नेम्वाङले पनि फेरि सभामुखको रहर देखाएका छ ।