नवनियुक्त मन्त्रीहरुको शपथ
बुधबार साँझ नियुक्त भएका नयाँ मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्।
सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति रहेको भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
नवनियुक्त मन्त्रीहरूले सिंहदरबारस्थित मन्त्रालयमा आजै पदभार ग्रहण गर्नेछन्। – रासस