जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा महरा

काठमाडौँ । बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुगेका छन् । 

महराले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी साधारण तारेखमा रहन पाउँ भन्दै निवेदन दर्ता गराएको उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले जनाए । 

संसद् सचिवालयमा काम गर्ने महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको थियो । हाल डिल्लीबजार कारागारमा छन् । 

महराले आफु निर्दोष भएको दाबी गर्दै आएका थिए । आरोपी महिलाले समेत पटक पटक बोली फेर्दै आएकी थिइन् । अदालतले थुनामा पठाउँने आदेशको दिनमा पनि आरोपी महिला घटना सत्य नभएको भन्दै अदालत गएकी थिइन् ।